देश

हिन्दूमाथि आक्रमणको विरोध गर्दै सप्तरीमा बंगलादेशविरुद्ध प्रर्दशन

जगत ठाडा मगर
२०७८ कार्तिक ७ | मध्यान्ह ०४:०७ बजे

सप्तरी, ०७ कात्तिक । हिन्दू युवाहरुले सप्तरी सदरमुकाम राजविराजमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा आइतबार राजविराजमा प्रदर्शन भएको हो ।

विश्व हिन्दू युवा संघ सप्तरीको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।

हिन्दूमाथि भएको घटना प्रति आक्रोशित संघका युवाहरुले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रमा गरेको थियो ।

राजविराजस्थित शिव मन्दिरको प्रङ्गणबाट निस्केको विरोध जुलुस नगर परिक्रमा गरी दशन चौकमा पुगेर विरोध जुलुस कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागिहरुले हिन्दूमाथीको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दाबाद, शेख हसिना मुर्दाबाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतंक बन्द गर, जय श्रीराम लगायतका चर्को नाराहरु लगाएका थिए ।

photo 2021 10 24 03 48 09

हिन्दू माथि भईरहेको आक्रमण र मठ मन्दिरमा भईरहेको तोडफोड तथा आगजनि नियन्त्रणमा नलिए त्यसको परिमाण भ्यावह हुन सक्ने आक्रोशित युवाहरुले चेतावनीसमेत दिएका छन् । कोणसभामा बोल्दै विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य अर्जुन प्रसाद साहले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दू तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए ।

उनले भने, ‘हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानविय कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ । यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दूलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दूपनि सुतिरहेको छैन ।’ विश्व हिन्दू युवा संघ सप्तरीका अध्यक्ष दिपेश देव जोशीको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कमेन्टहरु