देश

बहुदरमाई न•पा.ल.का नगर प्रमुख नितेन्द्र साहद्वारा दुबईमा फसेका सात जनालाई उद्दार

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह ०८:०७ बजे

वीरगंज । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाको नगर प्रमुख नितेन्द्र साहद्वारा दुबईमा फसेका ७ जना युवाहरुको उद्दार गर्नु भएको छ । नगर प्रमुख साह दुबई भ्रमणमा जानु भएको बेलामा पिडितरुले थाह पाएपछि नगर प्रमुख नितेनदर साहलाई खबर गरेका थिए

ति युवाहरु बहुदरमाई नगरपालिकाको धयानसिंह पिपरा को ७ सातै युवाहरु हुन । युवाहरुलाई एजेन्टले राम्रो काममा पठाइ दिन्छु भनि राम्रो काममा नपठाएकोले र कुनै सम्बन्धित कम्पनीमा नपठाएकोले युवाहरु काम बिहिन भइ बसेका थिए ।

photo 2021 10 20 07 40 50

नगर प्रमुख साह दुबईमा ति युवाहरु सँग भेटी ति युवाहरुको पासपोर्ट समेत उपलब्ध गराइ ति युवाहरुलाई खाना र बस्नको लागि समेत पैसाको ब्यवस्था गराइ उनिहरूलाई घर आउन नगर प्रमुख साहले आफ्नो ब्यक्तिगत खर्चबाट नेपाल फर्काउनुभएको हो ।

साथै ति युवाहरुलाई काठमाडौंबाट घर सम्म आउनको लागि सुमोको ब्यवस्था समेत गर्नुभएको थियो ।

कमेन्टहरु