देश

गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै १४ लाख ५० हजार ठगेको अभियोगमा एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका ३ घर भइ हाल चाबहिल बस्दै आएका निलम भट्टराई रहेका छन् । उनले तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेल न्यौपानेबाट १४ लाख ५० हजार ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

निलमले दुर्गाबाट पटक पटक गरी १४ लाख ५० हजार असुल गरेको र पछि जागिर पक्का भयो भन्दै काठमाडौं बोलाएर सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीको आधारमा महाशाखाको टोलीले निलमलाई सुर्खेतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मंगलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उनको भनाइ छ ।

कमेन्टहरु