राजनीति

बिहीबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन, अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुनेछ ।

एमालेले आगामी १० देखि १२ मंसिरमा दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।

कमेन्टहरु