प्रधानमन्त्री देउवाको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण परिषदको बैठक सुरु


काठमाडौ । सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।
अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर जनधनको क्षति भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, भौतिक मन्त्री रेणुकुमारी यादवको सहभागी रहेको छ ।
त्यस्तै उक्त बैठकमा पर्यटनमन्त्री प्रेम आले, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, शिक्षामन्त्री देवेन्द्र पौडेल, कृषि मन्त्री महेन्द्र राय यादव, महिला मन्त्री उमा रेग्मी, भूमि मन्त्री शशी श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल, वन मन्त्री रामसहाय प्रसाद यादव, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ र खेलकुद मन्त्री महेश्वरजंग गहतराज लगायतको उपस्थित रहेको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रिय जोखिम न्यूनीकरणका सदस्य सचिव अनिल पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी लगायत सहभागी रहेका छन् ।
गृह मन्त्रालयका अनुसार आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् ।






















