सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न, यातायात अवरुद्ध

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह ०१:०७ बजे

सुनसरी, ०३ कात्र्तिक । निरन्तर वर्षा सँगै आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ ।
अहिले सो सडकमा डेढ फिटसम्म पानी बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ । सो आसपासका गाउँबस्तीमा पनि २ देखि ३ फिटसम्म पानी पसेर जनजीवन कष्ठकर बनेको छ ।






















