देश

वर्षाको पानी निकास नहुदाँ अधिकांस सडक जलमग्न

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह ०१:०७ बजे

राजविराज, ०३ कार्तिक । निरन्तर हावासँगै अविरल वर्षाका कारण सप्तरी सदरमुकाम राजविराजको अधिकांश भाग जलमग्न भएका छन् ।

वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् । राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ ।

photo 2021 10 20 00 23 57

वर्षाको पानीले सडक मात्र नभएर बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, सरकारी वोकि कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।

photo 2021 10 20 00 24 05

वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नम्वर ८ स्थित हिमालय टोल, ५ स्थित मिथिला टोल, ७ स्थित खर्साल टोल, ६ स्थित सिरहा रोडको घर घरमा पानी पसेको छ ।

photo 2021 10 20 00 24 10

सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै यातायातका साधनहरु गुड्न कठिनाई भएको छ ।

कमेन्टहरु