देश

हुम्लामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह १२:०७ बजे

हुम्ला । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर हुम्लामा एकै परिवारका ६ जनाको ज्यान गएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर ७० वर्षीय धनवीरे शाहीसहित ६ जनाको मृत्यु भएको हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए । मृत्यु हुनेमा ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही रहेका छन् ।

पहिरो हटाएर उनीहरुको शव निकालिएको छ ।

कमेन्टहरु