देश

पहिरोले बेपत्ता भएका २३ जनाको खोजीका लागि बझाङमा पुग्यो नेपाली सेनाको हेलिकोप्टर

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह १२:०७ बजे

बझाङ । बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङमा प्रस्थान भएको छ ।

खोजी गर्न गएको हेलिकोप्टर देवल विमानस्थलमा ल्यान्ड गरेको थियो । अहिले नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधि बोकेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लाका १७० परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् ।

कमेन्टहरु