Opens in a new tab

शिक्षा, समाचार

सामुदायिक विद्यालयमा आवासीय सुविधा: अनाथ र विकट क्षेत्रका विद्यार्थीले नि:शुल्क पठनपाठन

नवलपुर टुडे
२०८३ अशोज ७ | बिहान ०८:०६ बजे
नवलपरासी, असोज ७ पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा आवासीय (छात्रावास) सुविधासहितको पठनपाठन सुरु गरेको छ । नगरभित्रका अति विपन्न, अभिभावकविहीन (अनाथ) र भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।

नगरपालिकाको स्वीकृतसामुदायिक विद्यालयमा आवासीय कार्यक्रम सञ्चालन मापदण्ड, २०८३” बमोजिम चालू शैक्षिक सत्रदेखि कक्षा ६ देखि १२ सम्मका लक्षित विद्यार्थीहरूका लागि यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । हाल यो आवासीय कार्यक्रम बर्दघाट वडा नं. १० स्थित राजापूर्णभद्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ, जहाँ हाल ३० जना विद्यार्थीहरू पूर्ण आवासीय सुविधासहित अध्ययनरत छन्।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले  भन्नुभयो हाम्रो नगरभित्र भौगोलिक विकटताका कारण र पारिवारिक आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । श्रेष्ठले  भन्नुभयो खास गरी बर्दघाट नगरपालिका वडा नं. २ लगायतका पहाडी तथा विकट क्षेत्र र अभिभावकविहीन (अनाथ) बालबालिकाहरूलाई विद्यालयको पहुँचमा निरन्तर टिकाइराख्न यो आवासीय सुविधा कोशेढुङ्गा साबित हुनेछ। विद्यार्थीहरूको खाना, बस्न र लत्ताकपडाको सम्पूर्ण जिम्मेवारी सामुदायिक विद्यालयले बहन गर्छ। स्थानीय सरकार अभिभावकविहीन विद्यार्थीहरूको अभिभावक बनेर उभिएको छ।”

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको भनाइले  भन्नुभयो  कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन हामीले स्पष्ट मापदण्ड तयार पारेका छौँ । छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूको भौतिक सुरक्षा, स्वास्थ्य, र पोषणयुक्त खानपानमा कुनै सम्झौता नहोस् भन्नका लागि वास्तविक खर्चको भौचरका आधारमा मात्र रकम निकासा हुने भएकाले स्रोतको सदुपयोग पूर्ण रूपमा सुनिश्चित गरिएको छ।”

यस कार्यक्रमले नगरभित्र ड्रप-आउट (विद्यालय छाड्ने दर) शून्यमा झार्न र गुणस्तरीय शिक्षामा सबैको समान पहुँच पुर्याउन ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।

कमेन्टहरु