सामुदायिक विद्यालयमा आवासीय सुविधा: अनाथ र विकट क्षेत्रका विद्यार्थीले नि:शुल्क पठनपाठन

नवलपुर टुडे

सारांश
नगरपालिकाको स्वीकृत “सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम सञ्चालन मापदण्ड, २०८३” बमोजिम चालू शैक्षिक सत्रदेखि कक्षा ६ देखि १२ सम्मका लक्षित विद्यार्थीहरूका लागि यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । हाल यो आवासीय कार्यक्रम बर्दघाट वडा नं. १० स्थित राजापूर्णभद्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ, जहाँ हाल ३० जना विद्यार्थीहरू पूर्ण आवासीय सुविधासहित अध्ययनरत छन्।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो “हाम्रो नगरभित्र भौगोलिक विकटताका कारण र पारिवारिक आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । श्रेष्ठले भन्नुभयो “ खास गरी बर्दघाट नगरपालिका वडा नं. २ लगायतका पहाडी तथा विकट क्षेत्र र अभिभावकविहीन (अनाथ) बालबालिकाहरूलाई विद्यालयको पहुँचमा निरन्तर टिकाइराख्न यो आवासीय सुविधा कोशेढुङ्गा साबित हुनेछ। विद्यार्थीहरूको खाना, बस्न र लत्ताकपडाको सम्पूर्ण जिम्मेवारी सामुदायिक विद्यालयले बहन गर्छ। स्थानीय सरकार अभिभावकविहीन विद्यार्थीहरूको अभिभावक बनेर उभिएको छ।”
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको भनाइले भन्नुभयो “कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन हामीले स्पष्ट मापदण्ड तयार पारेका छौँ । छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूको भौतिक सुरक्षा, स्वास्थ्य, र पोषणयुक्त खानपानमा कुनै सम्झौता नहोस् भन्नका लागि वास्तविक खर्चको भौचरका आधारमा मात्र रकम निकासा हुने भएकाले स्रोतको सदुपयोग पूर्ण रूपमा सुनिश्चित गरिएको छ।”
यस कार्यक्रमले नगरभित्र ड्रप-आउट (विद्यालय छाड्ने दर) शून्यमा झार्न र गुणस्तरीय शिक्षामा सबैको समान पहुँच पुर्याउन ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान

अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

सिरहामा कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने















