बर्दियामा गुड्दागुड्दै ईभि हाइसमा आगलागी

नवलपुर टुडे

सारांश
बर्दिया । बर्दियास्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय सवारी साधन (EV) हाइसमा अचानक आग’लागी भएको छ । कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन EV हाइसमा आइतबार बिहान आगलागी भएको हो।
बर्दियाको बारबर्दिया नगरपालिका-७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा आज बिहान करिब ६:५० बजे गुडिरहेको अवस्थामा हाइसमा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए।
प्रहरीका अनुसार आगलागीका बेला गाडीमा चालक र सहचालक मात्र थिए। गाडी कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए। यात्रु नरहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
आगलागीबाट गाडीमा रहेका सवारी कागजात र नगद ४२ हजार रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटनालगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले बताए।
आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नपुगेको र सडक नियमित रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















