मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै

रासस

सारांश
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ हुने भएको छ । उक्त अदालतमा हाल तीन वटा इजलास रहेकामा जिल्लामा मुद्दाको चापलाई आधार मान्दै नयाँ थप एक इजलास कक्षको निर्माण भइरहेको श्रेस्तेदार उपसचिव सञ्जित गौतमले जानकारी दिए ।
हरेक वर्ष करिब तीन हजार ७०० थान मुद्दा हेर्नुपर्ने अवस्था रहेकाले कामको चाप कम गर्न, समयमा नै मुद्दा फछ्र्याेट गरी न्यायको अनुभूति गराउन तथा भौगोलिक विकटतालगायत कारण जिल्लामा न्यायाधीश अपुग भएपछि सर्वोच्च अदालतले इजलास थप्न अनुमति दिएको थियो ।
श्रेस्तेदार गौतमका अनुसार यही सातादेखि नयाँ इजलास सञ्चालनमा आउनेछ । थप इजलासका लागि आवश्यक जनशक्ति तयार गरिएको जनाइएको छ । सर्वोच्च अदालत प्रशासनले उक्त इजलासमा काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दीपक घिमिरेलाई सरुवा गरेको छ ।
जिल्ला अदालतमा चालु आवका लागि अघिल्लो आवबाट जिम्मेवारी सरेका एक हजार ५८६ थान मुद्दा कायम छन् । इजलास र न्यायाधीशको सङ्ख्या थप भएसँगै जिल्ला अदालतबाट हुने कार्यसम्पादन छिटो र छरितो हुने विश्वास गरिएको छ ।

भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटबाट अलपत्र ४२ भारतीय मजदुरको उद्धार

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज नपाइने

संघीय संसद्का चार समितिको बैठक आज बस्दै

अपडेट : बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु एक गम्भीर घाइते

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए
अरुपनि पढ्नुहोस
सबै
आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु

कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा















