कपिलवस्तुका विभिन्न रुटमा बस तथा ईभी यातायात बन्द

नन्द किशोर कुर्मी (लालु)
२०८३ भदौ ३१ | मध्यान्ह ०२:०५ बजे

कपिलवस्तु । कपिलवस्तुका विभिन्न रुटमा आज बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म बस तथा ईभी यातायात सेवा बन्द गरिएको छ। दिउँसो १ बजेदेखि यातायात सेवा पुनः सञ्चालन हुने जनाइएको छ।
कृष्णानगर, बहादुरगञ्ज, तौलिहवा, भैरहवा तथा जितपुर–४ लगायतका विभिन्न रुटमा यातायात सेवा बन्द गरिएको हो।
यातायात बन्दका विषयमा बसेको बैठकमा जिल्लाभरिका स्थानीय तह र जिल्ला प्रशासनबीच दुईबुँदे सहमति भएको र केही बुँदामा सहमति हुन बाँकी रहेको कृष्णानगर यातायात कार्यालयका प्रमुख प्रदीप गुप्ताले जानकारी दिनुभयो।
उहाँका अनुसार आगामी ३ देखि ४ दिनभित्र थप छलफल गरी कसैलाई लक्षित नगरी आवश्यक निर्णय गरिनेछ।
यातायात सेवा बन्द हुँदा यात्रु तथा सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै सम्बन्धित सबैलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।






















