कपिलवस्तुका विभिन्न रुटमा बस तथा ईभी यातायात बन्द

नन्द किशोर कुर्मी (लालु)

सारांश
कपिलवस्तु । कपिलवस्तुका विभिन्न रुटमा आज बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म बस तथा ईभी यातायात सेवा बन्द गरिएको छ। दिउँसो १ बजेदेखि यातायात सेवा पुनः सञ्चालन हुने जनाइएको छ।
कृष्णानगर, बहादुरगञ्ज, तौलिहवा, भैरहवा तथा जितपुर–४ लगायतका विभिन्न रुटमा यातायात सेवा बन्द गरिएको हो।
यातायात बन्दका विषयमा बसेको बैठकमा जिल्लाभरिका स्थानीय तह र जिल्ला प्रशासनबीच दुईबुँदे सहमति भएको र केही बुँदामा सहमति हुन बाँकी रहेको कृष्णानगर यातायात कार्यालयका प्रमुख प्रदीप गुप्ताले जानकारी दिनुभयो।
उहाँका अनुसार आगामी ३ देखि ४ दिनभित्र थप छलफल गरी कसैलाई लक्षित नगरी आवश्यक निर्णय गरिनेछ।
यातायात सेवा बन्द हुँदा यात्रु तथा सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै सम्बन्धित सबैलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















