अनुमति बिना ग्याँस बिक्री गर्ने स्थानमा नगरपालिकाद्वारा शिलबन्दी

नवलपुर टुडे
29

सारांश
काठमाडौं – ३। चिसापानीमा अनुमति बिना ग्याँस सिलिन्डर बिक्री–वितरण भइरहेको भेटिएपछि तारकेश्वर नगरपालिकाले उक्त स्थानमा शिलबन्दी गरेको छ।
नगरपालिकाको अनुगमनका क्रममा बिक्रीका लागि राखिएका ४४ वटा ग्याँस सिलिन्डर भेटिएपछि आवश्यक अनुमति तथा प्रक्रिया पूरा नगरी ग्याँस बिक्री भइरहेको भन्दै नगरपालिकाले उक्त स्थानमा शिल लगाएको हो।
ग्याँसजस्तो संवेदनशील वस्तुको बिक्री–वितरण गर्दा आवश्यक अनुमति, सुरक्षा मापदण्ड तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि चिसापानीमा अनुमति बिना ग्याँस बिक्री भइरहेको पाइएपछि नगरपालिकाले अनुगमन गरी कारबाही अघि बढाएको जनाएको छ।
उक्त अनुगमनमा तारकेश्वर नगरपालिका अनुगमन समितिका सदस्य–सचिव, तारकेश्वर चेम्बर अफ कमर्सका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च समितिका सदस्य, नेपाल प्रहरी, पत्रकार तथा नगर प्रहरी सहभागी थिए।
अनुगमनका क्रममा ग्याँस सिलिन्डर बिक्री भइरहेको स्थानमा ४४ वटा सिलिन्डर भेटिएपछि नगरपालिकाले थप प्रक्रिया अघि बढाउँदै उक्त स्थानमा शिलबन्दी गरेको हो।
अनुगमनका क्रममा ग्याँस बिक्री–वितरणसम्बन्धी अनुमति, सुरक्षा व्यवस्था तथा उपभोक्ताको हितसँग जोडिएका विषयमा समेत निरीक्षण गरिएको थियो। नगरपालिकाले अनुमति बिना सञ्चालन हुने यस्ता गतिविधिमाथि आगामी दिनमा पनि अनुगमन तथा आवश्यक कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
ग्याँस बिक्री–वितरणमा अनुमति र सुरक्षा मापदण्डको पालना नहुँदा उपभोक्ताको सुरक्षामा समेत जोखिम हुनसक्ने भएकाले सम्बन्धित व्यवसायीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ।

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर
२०८३ अशोज २१ | बिहान ०६:०६ बजे

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता
२०८३ अशोज २० | मध्यान्ह ०७:०६ बजे

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता
२०८३ अशोज २० | मध्यान्ह ०७:०६ बजे











