समाचार

नवलपरासीमा करौडौ अबैध सामान प्रहरीको नियन्त्रणमा

नवलपुर टुडे
२०८३ भदौ २६ | मध्यान्ह ०१:०५ बजे

नवलपरासी । नवलपरासीको सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा मोबाइलका सामग्री नियन्त्रणमा लिएको छ ।

प्रहरीले नवलपरासीको सरावल गाउँपालिका- ७ भुजहवा नाकाबाट ९४ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका मोबाइल इअरबड्स, टेम्पर ग्लास, मोबाइल कभरलगायतका सामग्री बरामद गरेका हुन ।

उक्त बरामद अबैध सामान इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल भुजहवा बिओपीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिईएको हो ।सिमानाकाको भुजहवा क्षेत्रबाट लु ३ च २९३९ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा सो अबैध सामान नियन्त्रणमा लिएको हो ।

बरामद सामग्रीमध्ये २२ लाख ९४ हजार रुपैयाँ मूल्य बराबरका २ हजार २९४ थान मोबाइल इअरबड्स, ७० लाख ९५ हजार रुपैयाँ बराबरका ४४ हजार ३ सय थान टेम्पर ग्लास, ९३ हजार रुपैयाँ बराबरका ९ सय ३० थान मोबाइल कभर र २ हजार रुपैयाँ मूल्यको एक बोरा प्लास्टिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

सो बरामद सामग्रीको कूल मूल्य ९४ लाख ८४ हजार रुपैयाँका रहेको र पिकअप गाडीको मूल्य २० लाख रुपैयाँसमेत जोड्दा बरामद सामान र सवारीसाधनको कूल मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

सिमाक्षेत्रमा प्रहरी गस्ती टोलीलाई देखेपछि चालक तथा सामान ओसारपसारमा संलग्न व्यक्ति गाडी लक गरी फरार भएका थिए।सो बरामद सामान र घटनामा संलग्न ब्यक्तिको वास्तविक धनीबारे अनुसन्धान भइरहेको बताएको छ।

बरामद अबैध सामग्री तथा पिकअपलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको थापाले बताए ।

कमेन्टहरु