नवलपरासीमा करौडौ अबैध सामान प्रहरीको नियन्त्रणमा

नवलपुर टुडे

सारांश
नवलपरासी । नवलपरासीको सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा मोबाइलका सामग्री नियन्त्रणमा लिएको छ ।
प्रहरीले नवलपरासीको सरावल गाउँपालिका- ७ भुजहवा नाकाबाट ९४ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका मोबाइल इअरबड्स, टेम्पर ग्लास, मोबाइल कभरलगायतका सामग्री बरामद गरेका हुन ।
उक्त बरामद अबैध सामान इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल भुजहवा बिओपीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिईएको हो ।सिमानाकाको भुजहवा क्षेत्रबाट लु ३ च २९३९ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा सो अबैध सामान नियन्त्रणमा लिएको हो ।
बरामद सामग्रीमध्ये २२ लाख ९४ हजार रुपैयाँ मूल्य बराबरका २ हजार २९४ थान मोबाइल इअरबड्स, ७० लाख ९५ हजार रुपैयाँ बराबरका ४४ हजार ३ सय थान टेम्पर ग्लास, ९३ हजार रुपैयाँ बराबरका ९ सय ३० थान मोबाइल कभर र २ हजार रुपैयाँ मूल्यको एक बोरा प्लास्टिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
सो बरामद सामग्रीको कूल मूल्य ९४ लाख ८४ हजार रुपैयाँका रहेको र पिकअप गाडीको मूल्य २० लाख रुपैयाँसमेत जोड्दा बरामद सामान र सवारीसाधनको कूल मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
सिमाक्षेत्रमा प्रहरी गस्ती टोलीलाई देखेपछि चालक तथा सामान ओसारपसारमा संलग्न व्यक्ति गाडी लक गरी फरार भएका थिए।सो बरामद सामान र घटनामा संलग्न ब्यक्तिको वास्तविक धनीबारे अनुसन्धान भइरहेको बताएको छ।
बरामद अबैध सामग्री तथा पिकअपलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको थापाले बताए ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















