सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

नवलपुर टुडे

सारांश
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । उता अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
साथै, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ । यसैबिच, आज सङ्घीय संसद्अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दै छ ।


३१ हिमाल आरोहणका निम्ति ७० देशका ७८८ जनालाई अनुमति

कांग्रेस केन्द्रीय सदस्यमा दिपेश यादवको उम्मेदवारी

निजी कम्पनीले सस्ता इन्टरनेट सेवा प्याकेज हटाए पनि नेपाल टेलिकमले मूल्य नबढाउने

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
अरुपनि पढ्नुहोस
सबै

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

कांग्रेस १५औँ महाधिवेशन: आज बिहान १० बजेदेखि मतदान शुरु















