सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

रासस

सारांश
काठमाडौँ, भदौ २३। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
‘जेनजी’ आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जालमार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनु परेको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन ।”
पूर्वप्रधानमन्त्री कार्कीले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको विषय स्मरण गराउनुभएको छ ।
“राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु”, उहाँले भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहिद भएका सम्पूर्ण योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै अहिले मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले बाढीबाट भएको पीडाको यस दुःखद् घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन तथा एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैमा आग्रह गर्नुभएको छ ।

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित

४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित
अरुपनि पढ्नुहोस
सबै
नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ

हुम्लामा गएरातिदेखि हिमपात, जनजीवन प्रभावित

देशभर १७ विपद्का घटना, तीनको मृत्यु















