अपराध

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी पक्राउ

नवलपुर टुडे
२०८३ साउन २१ | बिहान १०:०४ बजे

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माकाबाट जेनजी आन्दोलनका क्रममा झुम्का कारागार सुनसरीबाट फरार भएका कर्तव्य ज्यान मुद्दाको एक जना कैदीलाई पक्राउ गरिएको छ।

जिल्ला अदालत तेह्रथुमले २० वर्ष कैद फैसला गरी ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकोमा जिल्ला सुनसरीस्थित झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली पक्राउ परेका हुन्।

नेपाली २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरारपछि उनी आफ्नै घरमा आई लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले साउन २१ गते राति करिब २:०० बजे घरबाट नियन्त्रणमा लिएको हो।

कमेन्टहरु