एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : केन्द्रीय सदस्यलाई सुझाव दिन ३ मिनेट समयसीमा

नवलपुर टुडे

सारांश
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन बिहान नौ बजेबाट सुरु हुँदैछ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुने छ। हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाए।
अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेन्डा मध्ये आठ वटाको कारबाही आजबाट सुरु हुने हो। आजबाट क्रमशः केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन,विभागहरूको गठन,पोलिटब्युरो गठन,स्थायी कमिटीको गठनका एजेन्डा अघि बढाउने तयारी छ।
यसैगरी सल्लाहकार परिषद्,ज्येष्ठ कम्यूनिष्ट मञ्च,अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्ने छ।
एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम सुरु हुने छ। पोलिटब्युरो,स्थायी कमिटी लगायत नेताहरूको जिम्मेवारी बाँडफाँड भोली गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















