चेस ओलम्पियाडमा पुरुष टोलीको पुनरागमन


समरकन्द, उज्बेकिस्तान । ४६ औं चेस ओलम्पियाडको छैटौं चरण समाप्ति सँगै आयोजक उज्बेकिस्तानले १२ अंक जोडेर शीर्ष स्थान कब्जा जमाउन सफल भएका छन्। चिन र अर्मेनिया ११ अंक जोडेर संयुक्त दोश्रो स्थानमा छन्।
नेपाली पुरुष टोलीले लय समाउदै ३.५-०.५ को स्कोरका साथ ६ अंक बनाएका छन्। नेपालले पदकको सम्भावनालाई जीवित राख्न एन्टिगुवा एण्ड बर्बुदासँग जित्नै पर्ने स्थितिमा महत्त्वपूर्ण २ अंक जोडेका छन्।
पहिलो बोर्डमा युवा खेलाडी २०९३ रेटेड सिएम पुरुषोत्तम सिलवालले २२१८ रेटेड एफएम क्युएपो काबालेरो विरुद्ध आक्रमक जीत निकाले।
दोश्रो बोर्डमा ब्यक्तिगत ३ अंक जोडेर टिमलाई भरोसा दिलाएका अनुभवी २१५१ रेटेड एफएम रुपेश जैसवालले बर्बुदाका सिएम फार्क्युहर अब्नेर माथि हाबि बनेका छन्।
तेश्रो बोर्डमा २०३८ रेटेड सिएम सुश्रुत दहालले १७०१ रेटेड चार्लेस भेण्डिज विरुद्ध कठिन बनेको खेलमा बराबरी नतिजा निकालेका छन्।
चौथो बोर्डमा राजन सुवेदीले बर्बुदाका सोलोमोन जोशुवालाई पराजित गर्दै ब्यक्तिगत ३ अंक जोडेर सिएम टाइटल प्राप्त गर्ने वाटोमा अग्रसर छन्।
महिला खेलाडीको कमजोर प्रदर्शन
नेपाली महिला टोलीले महत्त्वपूर्ण छैटौं चरणमा जिम्बाबे सँग महत्त्वपूर्ण खेलमा प्रतिस्पर्धात्मक १.५-२.५ नजिकको स्कोर बोकेर हार बेहोरेका छन्। नेपाल ४ अंकमा सिमित छन्।
पहिलो बोर्डमा कृतिसरा अधिकारीले जिम्बाबेकी डब्लूसिएम चरिण्डा कुद्जानाई विरुद्ध सुन्दर खेल खेलि जीत निकाल्न सफल भएकी छिन्।
दोस्रो बोर्डमा पूजा भण्डारीले सेतो गोटिबाट खेल्दै २४ औं चाल सम्म थोरै माथि रहेको अबस्थामा २५ औं चाल क्युएच सेभेन ब्लण्डर खेल्दै एक्कासि तल पर्न गई अन्तत नोमालुङ्गेलो सँग हार आत्मसाथ गर्न बाध्य भईन्।
तेश्रो बोर्डमा १२ वर्षकी निहाना श्रेष्ठले क्यारोल एनदियोभु सँग हारिन् भने चौथो बोर्डमा अनुभवी सिन्दिरा जोशीले ३४ औं चाल एनएफ फाईभ गलत मुभ गरिन् ।

टिम खेलमा सुझबुझका साथ संगीहरुको खेल परिणाम अनुसार बराबर अग्रसर खेलमा जीतका लागि प्रयास गरिनु पर्ने अवस्थामा अगाडि नै बराबरी स्वीकार गर्दा नेपालले स्कोर बराबरको अवसर गुमेको थियो।
महिला तर्फ चिन, काजकिस्तानले १२ अंक बनाएर महिला तर्फ संयुक्त शीर्ष स्थान कब्जा जमाएको छ। १० अंक सहित भारत, बुल्गेरिया, जर्मनी, स्विजरल्याण्ड, अर्मेनिया, पोल्याण्ड लगायतका राष्ट्र दोश्रो स्थानमा छन्।
फिडे रुल्स कमिसनका सदस्य आईए उमेश केसि, कार्यवाहक कोषाध्यक्ष आईए निरञ्जन प्रजापति टेक्निकल कमिसन, प्रवक्ता राजु ताम्राकार फेयर प्ले कमिसनमा सहभागी जनाएका छन्।
राजु ताम्राकार
प्रवक्ता
नेपाल बुद्धिचाल महासंघ






















