न्यायालय

सांसद अभिषेकप्रताप शाहबिरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

नवलपुर टुडे
२०८३ साउन ६ | मध्यान्ह ०७:०४ बजे

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन आदेश गरेको हो।

May be an image of dais and text that says '(구이(3)ㅇ비 08 ol) इजलास वीरगज्ज पर्सा समेत ग (रिट दतई शिवा कुमारी चौधरी उच्च अदालत जनकपुर समेत തුනමட WALCN कष्तमर कदििशसव उत्त्रेषण (01-083- 00050) (083-W0-0010) (20c3la8) o8/ 4) फैसला (रिट खारेज) घ दतर जग्नम भन्ने उद्दव राई उत्तम्रेषण (01-083- 00056) (083-WO-0011) (구ㅇ원08) धनकुटा जिल्ला अदालत उच्च अदालत विराटनगर धनकुटा इजलास आदेश (कारण देखाउ आदेश) ड (रिर दती) अभिषेक प्रताप साह समेत प्रतिषेध (01-083- 00060) (083-WO-0012) (FOC3o8)에니) (구03) नेपाल सरकार गृह मत्त्रालय सिंहदरबार काठमाडाँ समेत आदेश (कारण देखाउ, अल्पकालीन अन्तरिम आदेश, अ.3 अ.आ. आ. छलफल)'

सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदर गर्न आदेशको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाई रिटदायर गरेका थिए। अदालतले उक्त विषयमा १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ। सांसद शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको थियो।

सोही आरोपमा उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

कमेन्टहरु