इतिहास, गण्डकी प्रदेश, देश, विचार/ब्लग

गोरखा ताकु आरुखर्क हुँदै तनहुँको यात्रा

याम बहादुर थापा मगर
२०८३ साउन २ | मध्यान्ह ०७:०४ बजे

याम बहादुर थापा मगर
बागुलङ नगरपालिका १० भकुण्डे,धौलेचउर
आलेखको प्रारम्भ
गोरखा जिल्लाको बारपाक सुलिकोट गाऊँपालिकाको वडा नम्बर ५ ताकु, आरुखर्क गाऊँमा सुत्केरी भेटघाट गर्न जानुपर्ने पारिवारीक समय आएको थियो । मेरी साली एविता थापा मगरको विवाह गोरखा ताकुमा भएपछि सन्तानको रुपमा छोरा काठमाडौमा जन्म भएपछि बाबा आमाको तर्फबाट सुत्केरी खर्च लैजाने मगर समुदायको प्रचलन अनुसार जानुपर्ने भएको थियो । म र जिवनसगिनी रुपक देवी थापा मगरको सार्वजनिक विदाको समय मिलाएर जानुपर्ने थियो । लगातारको शुक्रबार,शनिवार र आइतबारसँगैको ४ दिने विदामा हामी गोरखा,आरुखर्क जाने भन्ने योजना बन्यो । मलाई गोरखा जानुभन्दा पहिला साइट दृश्यहरु समेत भम्रण गर्ने योजना बुन्दै पर्यटकीय स्थलहरुको बारेमा खोजीनीति गर्न थाले । तर समय छोटो हुन्छ कि भन्ने लागेको थियो । हामी अब ढोरबराही, छाब्दीवराही,दमौली बजार, मानुङकोट,बन्दीपुर,घाँसीकुवा,भिमाद सङग्रहालय लगायतका पर्यटकीय स्थलहरुमा जाने मनोभावना बुन्न थाले । हामी सासु आमाले तयारी गरेको कोसेलीहरु बोकेर यात्रा गर्ने तय गर्यौ बागलुङ बजारबाट ।

गोरखाको यात्रामा पर्यटन मिसियो
यात्रा विस्तारै भएको थियो । हामी तनहुँ जिल्ला दमौलीमा कार्यरत साधु भाइ राजु बरामलाई यात्रा आराम्भ गर्ना साथ फोन गरेका थियौ । पोखरासम्म पुग्दै जाँदा विच विचमा सम्पर्क भयो । हामी दमौली पुग्ना साथ पृथ्वी राजमार्गको विचमा भेटघाट भयो । छाब्दी वराही भ्रमण गर्न बाटो नदेखेकोले राजु बराम भाईले गाइड गर्दै हामी छाब्दी वराही गर्यौ। पानीको धारा,माछाको आकारमा पानीको धारा,ठुला ठुला माछाहरु खेली रहेका र वराही मन्दिरमा मगर समुदायले मात्र पुजारी हुनुपर्ने लगायतको जानकारी लियौ । फोटो खिच्ने,भिडियो बनाउने काम भयो । मलमास भएकोले भक्तजनहरुको आवतजावत कम भएकोले हामी पनि भरमग्दुर भक्तिभावका साथ छाब्दी वराहीको दर्शन गर्दै नजिकैको स्थानीय होटलमा खाना खायौ र दमौली बजारमा फर्कने काम भयो । साधु भाइले हामीलाई गोरखाको बाह्रकिलो,चोरकाटे,दरौदी पुल,केराघारीसम्म छोड्न जाने काम भयो । सालका रुखहरु भएको स्थान भएकोले ताकु आरुखर्कमा बढी गर्मी महसुस भयो । बराम जातिको घनाबस्ती गोरखा जिल्लामा मात्र भएको जानकारी लिने काम भयो । यस भन्दा अगाडि गण्डकी खेलकुद विकास परिषद,पोखराको आयोजनामा बारपाकमा भएको खुल्ला भलिबल प्रतियोगितामा जिल्ला खेलकुद समिति बागलुङबाट प्रतिनिधित्व गरेर यात्रा गरेको थिए । गोरेटो बाटो विचमा हामीलाई लिन साली नानी एविता थापा मगरको ससुरा बाबा आउनु भएको थियो । पारीवारीक गफगाफ पछि एक रात बसेर बागलुङ फर्कने योजना बनायौ ।

गोरखकाली रबर उद्योग र बन्दीपुर केवलकारमा यात्रा
ताकु आरुखर्कबाट यात्रा हामीले पोखरा तिर गर्ने समयमा मोटर बाटो विचमा होडिङ बोर्ड र सडक बोर्डमा साइड लगाएर फोटो खिच्ने काम भयो । गोरखाबाट चोरकाटे,बाह्रकिलो हुँदै आँबुखैरेनी बजार आउने समयमा नेपालको एक मात्र रबर उद्योग गोेरखकाली रबर उद्योग लिमिटेडको साइनबोर्ड देखे । सोको आडमा उभिएर फोटो खिच्ने र बन्द रवर उद्योगको परिसर गेटमा उभिएका चौकीदारहरुको अनुमति लिएर घुम्ने काम भयो । मन अत्यन्त भावुक भयो । खिन्न मन बनाउँदै आगामी दिनमा के फेरी रबर उद्योग संचालन होला कि नहोला भन्दै मनोभावना बुन्न थाल्यौ । रेडियो नेपालबाट विगतमा सुनिने गोरखकाली रबर उद्योगको विज्ञापन र प्रचार सामाग्रीको ताजा याद आयो । मन अघाँउने गरी र लोभ लाग्ने गरी फोटो खिच्दै टिकटक,रिलमा अपलोड गर्न मिल्ने भिडियो बनाउँदै चाडो भन्दा चाँडो सञ्चालन होओस भन्ने गह्रुगो भारी मनकामना र इच्छा जाहेर गर्दै गोरखा जिल्लालाई विदाई गर्दै आँबुखैरेनी हुँदै पोखरा तिर यात्रा थाल्यौ ।
हामी बन्दीपुरमा केही छिन भम्रण गर्ने योजना बुन्दै गर्दा मोटर बाटो वायाँ तर्फ भानुभक्त आर्चायको शालिक देखेपछि त्यसको आडमा उभिएर फोटो खिच्ने मनोभावनाले रोकिए । हामीले आदिकवि भानुभक्त आचार्यको शालिकमा फोटो खिचेपछि माथि तिर उभिएको सुरक्षा गार्डले हात हल्लाउदै माथि आउन अनुरोध गरेको संकेत देखियो । राजमार्गबाट छिटफुट रुपमा गाडीहरु पनि माथि तिर गएको गएको देखेपछि हामी पनि माथि रहेको बाटो हुँदै गएको त बन्दीपुर केवलकारको स्टेशन रहेछ । स्टेशन वरिपरीको कलात्मक सजावट त भव्य रहेछ । तर हामी बन्दीपुर केवलकारको टिकट काटेर सरासर पहाडकी रानी बन्दीपुर तर्पm लाग्यौ । केवलकार चढ्ने वित्तिकै ताइवानी युवतीसँग यात्रा संयोग जुरेको थियो । हल्का परिचय पछि फोटो खिच्ने र हल्का भिडियो समेत बनाउने काम भयो । ताइवानबाट नेपालमा दश दिन यात्रा गर्ने, भारत,श्रीलंका,माल्दीभ्स,भुटान,थाइल्याड देशहरु घुमेर लामो यात्रा एक्लै गरेर जाने साहस र आत्मविश्वास देखेर मलाई अचम्म लागेको थियो । छोटो मिठो परिचयसँगै केवलकारको यात्रा टुगिंयो । हामी बन्दीपुर गाउँपालिकाको कार्यालय परिसरमा फोटो खिच्दै गयौ । ताइवानी युवती सरासर अगाडी बढिन । बन्दीपुर बजारमा मानिसहरुको भिडभाड र फोटो सेसन देख्दा बहुत रमाइलो लाग्थ्यो । मगर,गुरुङ,थकाली,नेवारी लगायतका पोशाक भाडामा लगाउन पाइने र फोटो खिच्ने, भिडियो बनाउनेहरुको भिडभाड उधुम थियो । हामी बन्दीपुरमा सामुदायिक होमस्टे नम्बरहरु सबै हेर्ने काम भयो । साथै सो अवसरमा बलेवा पैयँुपाटा क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा हाल बागलुङ नगरपालिका न्यायिक समितिका सहजकर्ता ज्ञानेन्द्र गौतम र उहाँको परिवारसँग संयोगले भेटघाट भएकोेले सामुहीक फोटो खिच्ने काम भयो । हामीले बन्दीपुर बजारमा हल्का खाजा खाएर बुद्ध गुम्बा विहार हेर्न जाने सोच बन्यो । भन्तेसँग चिनजान कुराकानी पछि नौलो विहार हेरेर बन्दीपुर गाउँपालिकाका उपाध्यक्षसँग चिनजान फोटो सेसन पछि हामी बन्दीपुरको यात्रालाई टुंगाएर दमौली बजार तिर यात्रा तय भयो । बन्दीपुरको बाख्रापालन फर्म, स्थानीय थप होटलहरु हेर्ने मेसो मिलेन । बन्दीपुर बजार माथिको पदमार्ग हेर्न पाइएन । केवलकारमा फर्कने क्रममा पार्कमा भएका कलात्मक संरचनाहरुका बारेमा मज्जाले फोटो खिच्ने,भिडियो बनाउने काममा समय बितेको पत्तो नै भएन । मनोरम दृश्यको लागी हामीलाई भरपुर मनोरञ्जन र आनन्द लिन खुब इन्जिनियरीङले डिजाइन र व्यवस्थापन गरेको रहेछन् ।

तनहुँको दमौलीमा भेटघाट र मानुङकोट भ्रमण
दमौलीतिरको यात्राको क्रममा बिचमा बाटोमा साइड लगाएर चिया,खाजा खाने मेसो भयो । दमौलीको आफन्तहरुसँग भेटघाटका लागि भुकण्डे,अर्भकका दाजु पुर्व प्रहरी निरीक्षक मिन बहादुर थापासँग आफन्तहरुको मोबाइल नम्बर मागेर भेटघाट र चिनजान गर्ने योजना बुन्दै गर्दा जाने कि नजाने भन्ने दोधारमा भयौ । अन्त त मेरो मनसाय त दमौलीको मानुङकोट डाँडामा जाने र सोको बारेमा हल्का जानकारी लिएको थिए । मलाई फेरी मौका मिल्छ कि मिल्दैन होला भन्दै दमौलीमा यात्रा गरेको पहिलो पटक भएको र आफन्तहरुसँग चिनजान तथा भेटघाट समेत हुने भएकोले बस्ने निर्णय भयो । मोबाइल फोनबाट लोकेसन लिने काम भयो । दमौली बजारको छेऊमा रोकिएकोले आफन्तहरु बाबु सुरज थापा मगर लिन आउनुभयो । दमौली बजारबाट माथि दुम्सी चौरमा लाग्यौ । दुम्सी चौरमा दुम्सीको शालिकसँग फोटो खिच्ने र आफन्तहरुको जमघट तथा घर भएको भुगोलमा पुग्ने काम भयो । हामीले दुम्सी चौर गाऊँ र दमौली बजार, छाब्दी वराही बस्ने निम्न अनुसारका ससुरा बा मन बहादुर थापा मगर, सासु आमा दिल कुमारी थापा मगर, ठुली दिदी सासु अमृता थापा मगर, माइली दिदी सासु खिरमती थापा मगर, माइला साधु दाजु गंगा बहादुर सारु मगर, साइली दिदी सासु कौसिला थापा मगर, साइला साधु दाजु तुल बहादुर दर्लामी मगर, काइली दिदी सासु पार्वती थापा, काइला साधु दाजु जंग बहादुर राना मगर, कान्छी साली कल्पना थापा मगर, साधु भाइ किसान गरङजा मगर, भतिज राम बहादुर थापा, भतिजी माया थापा मगर, भतिज सुजन सारु मगर, भतिजी बुहारी पुनम थापा मगर, नाति असपिन मगर, बुहारी नानी शर्मिला आले, नातिनी अरजुसा मगरको छुटाछुट्टैंै भेटेर फरक फरक सामुहिक फोटो खेचेर अविष्मरणीय र मनोरम पल बनाउँदै पारिवारीक नाताको चिनजानले खुशीयाली बहार छाएको र भएको थियो । बाक्लो तुवाँलोले ढाक्ने दमौलीमा मंसिर,पुस महिना आउनुपर्ने सुझाव सल्लाह पाइयो ।
हामीले साँझमा ससुरा बा मन बहादुर थापाको घरमा र विहान दिदी सासु अमृता थापाको भान्छा तर दिदी सासु कौशिला थापा मगरको घरमा खाने अवसर प्राप्त भयो । हिजो योजना अनुसार हामी मानुङकोट डाँडामा घुम्न जाने भएकोले हामीलाई पथप्रदर्शकका रुपमा राम बहादुर थापा मगर र भतिज सुजन सारु मगरले गर्ने कार्यक्रम तय भयो । दमौली बजारबाट मादी नदिको पुल तरेर हामी घुमाउरो बाटो हुँदै उकालो बाटो विस्तारै लाग्यौ । सिमसिमे पानी आएको थियो । कतै पानीले यात्रालाई अवरोध गर्दछ की भन्ने लागेको थियो । तर हामी मानुङकोट डाँडामा हामी पुग्न सफल भयौ । तर दमौली बजारलाई बादलले छपक्क छोपेको थियो । बादल फाँटेर खुल्ला दमौली बजार हेर्न नपाइने हो कि भन्ने मनमा आभास मिलेको थियो । तर विस्तारै हावा चलेपछि बादल फाँटेर गयो । त्यसपछि बल्ल मनोरम दमौली बजार लगायत आसपासको गाऊँहरुको दृश्य हेर्न पाउदा मन खुशीले चंगा झै उडन थाल्यो । फोटो खिच्ने, भिडियो बनाउने काम भयो । मानुङकोटमा मानिसहरुको उपस्थिति बाक्लो नै थियो । पारिवारीक पिकनिक, सुख्खा पिकनिक, विद्यार्थीहरुको भम्रण र मनोरम दृश्य हेर्नका लागि मानिसहरुको लर्को लाग्ने रहेछ । घुम्ने गन्तव्य मलाई नौलो तर सुनेको मात्र भएको थियो । मानुङकोट मसिर,पुस महिना उपयुुक्त समय हो भन्ने जानकारी लिदै समय मिलेमा पुस महिनामा मानुङकोट आउने योजना बुन्दै हामी पोखराको तिर यात्रा तय गर्यौ ।

अन्तमा
मादी नदीको पुल तरेर पोखरा तिर यात्रा गर्ने क्रममा भिमाद बजारबाट नजिकै भएको मगर सङग्रालयहमा भएर एकछिन रमाइलो,फोटो सेसन गर्ने र खाजा चिया खाएर आउने सोच थियो । तर हामी थोरै अगाडी आएपछि बल्ल जानकारी भयो । फर्केर जाऊ भन्दा कुराकानी मिलेन । पोखरा अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने योजना भएकोले सो कार्य गर्न अगाडी बढयौ । पोखरामा शर्मिला थापा मगर बुहारीको घरमा पोखरा चाउथेमा बास बसेर बागलुङ बजार आउने काम भयो ।
यात्राहरु पर्यटनका दृष्टिकोणले हुनुपर्ने हुन्छ तर समय र आर्थिक व्यवस्थापन गर्न बहुत गाह्रो हुने गर्दछ । अनिवार्य दायित्वको कामलाई पुरा गर्दै जिल्ला भन्दा बाहिर जाने शिलशिलामा छेउछाऊमा पर्यटकीय स्थलहरुमा सकभर गएका स्थानहरु गर्ने धोको फुर्सदको समयमा रहेको छ । जीवन यात्रा हो भन्ने मान्यता राख्ने म धेरै भन्दा धेरै नेपाल भित्रका नै नघुमेका नौला र रमाइलो स्थानहरु पुग्न र घुम्न बाँकी नै छ । विदेशमा घुम्ने रहर हुँदाहुँदा पनि घुम्न सकिरहेको छैन । भम्रण गरेर संस्मरण स्वरुप लेखेर पुस्तकका रुपमा प्रकाशित गर्ने भावी योजना छ । लेख्ने सामाग्रीहरु निर्माण र सिजर्ना गर्नका घुम्नु,डुल्नु , भ्रमण गर्नु र विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु पर्ने अनिर्वाय रहेछ भन्ने मान्यतालाई साकार रुप दिएको छु ।

 

कमेन्टहरु