चितवन जिल्ला खेलकुदका कार्यालय प्रमुख ढकाललाई सम्मान

नवलपुर टुडे


चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सम्मानित भएका छन् । ढकाललाई नेपाल तेक्वान्दो संघ चितवन शाखाले आज (बिहीबार) नगदसहित सम्मान गरेको हो ।
संघले चितवनको खेलकुद पुर्याएको योगदानको कदरको गर्दै सौराहामा आयोजित रेफ्री सेमिनारको अवसरमा ढकाललाई सम्मान गरेको हो । ढकाललाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, तेक्वान्दो संघ चितवनका अध्यक्ष शैलेश श्रेष्ठलगायतले नगदसहित सम्मान गरे ।
सो अवसरमा प्रमुख अतिथि कार्कीले चितवनको खेलकुद क्षेत्रमा ढकालले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । ढकाल बिगत ३० वर्षदेखि खेल क्षेत्रमा छन् । चितवन जिल्ला खेलकुद समितिमा मात्रै उनी २३ वर्षदेखि कार्यरत छन् ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















