सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन

रासस


काठमाडौँ, असार ९ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ स्तुप क्षेत्र र स्वयम्भूनाथ क्षेत्रमा गुठी संस्थान र सम्बन्धित सम्पदास्थलमा रहेका कोष एवं समितिबीच जग्गा स्वामित्व विवाद रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनको कार्यमूलक लेखापरीक्षण खण्डमा उल्लेख छ ।
संस्थानले काठमाडौँमा एक हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ समेत उपत्यकाभित्र दुई हजार १३ अमूर्त सम्पदाअन्तर्गत रहेका जात्रा, पर्व र पूजापाठ सञ्चालन गुठीको आम्दानीबाट गर्ने गरेको छ । स्थानीय तह र सम्बन्धित हेरचाह अड्डा, कोष तथा विकास समितिले समेत यी सम्पदा सञ्चालनमा योगदान गर्दै आएका छन् ।
देशभर ७१७ मठ, मन्दिरलगायतका सम्पदाको जात्रा, पर्व र पूजापाठका लागि उपत्यकाभित्रका एक हजार ११२ समेत ६८ जिल्लामा दुई हजार ८२ राजगुठीअन्तर्गत पहाडी क्षेत्रमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराई क्षेत्रमा ६६ हजार ३३० बिघा गुठी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















