अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

रासस
२०८३ असार ८ | मध्यान्ह ०३:०३ बजे

ञ्चनपुर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए।
कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ।



















