अपराध, अर्थ, इतिहास, कर्णाली प्रदेश, कृषि, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, निर्वाचन, पर्यटन, प्रदेश, प्रहरी/सुरक्षा, बागमती प्रदेश, बिश्व, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

दुव्र्यसनीको रोकथाममा युवाको सबाल

याम बहादुर थापा मगर
२०८३ असार ३ | बिहान ०९:०३ बजे

 

याम बहादुर थापा मगर
बागलुङ न पा १० भकुण्डे,धौलेचउर

लेखको सारांश
मानव जिवन अमुल्य सौगातको उपहार हो । अमुल्य जिन्दगीयापन शान्त र प्रेमय सहित सुखमय तरिकाले जिउनु पर्छ । तर युवाहरु किशोर अवस्थामा लागु पदार्थ विरुद्धमा हुनु पर्छ भन्ने आम सकारात्मक सन्देश दिनुपर्छ । लागु औषध सेवन गर्ने बानी परेमा मानिस सामान्य जीवनमा फर्कन त्यति सजिलो छैन । समाजले सहज तरिकाले उसलाई स्विकार गर्दैन । तर आर्थिक लाभ हानिका आधारमा अदृश्य तरिकाले टेवा दिएको पाउन सकिन्छ । मानिसले आफनो आवश्यकता पूरा गर्न नसक्दा उसले चोरी, डकैती,ठगी, व्ल्याकमेल, आपराधिक कार्य देखि लिएर मानव हत्यासम्मको अपराध दुव्र्यसनीको लतमा फसेका युवाहरुले गरीरहेको प्रशस्त मात्रा समाजमा समाचारहरु पाइन्छ । लागु औषध प्रयोग गर्नै निम्न वर्गका मानिस देखि उच्च घरानाका मानिस हुँदै प्रतिष्ठित व्यक्ति पनि संलग्न भएका छन् । उच्च वर्गले आनन्द र सुख महसुस गर्नका लागि महँगो खालको लागु औषध प्रयोग गरेकोले आर्थिक दुराअवस्था भएको पाइन्छ । लागु औषधको प्रयोग तथा दुरुपयोगले युवाहरुले आफुलाई मात्रै हैन,घर परिवार,समाज र राष्ट्रलाई नै प्रत्यक्ष र अप्रत्यक्ष व्यापक नकारात्मक क्षति पु–याएको हुन्छ । स्वयम सेवनकर्ताले आफनै जीवन बिगारिरहेको मात्र नभई समाजलाई असर पारेका छन् । लागु औषध सेवनकर्तालाई लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने बस्तु वा पदार्थ लागु पदार्थ वा औषधीले स्वास्थ्य तथा मानसिक असर गर्नेलाई बुझिन्छ । शारीरिक र मानसीक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । कानुनद्धारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्धारा नियन्त्रित लागु पदार्थ हो । युवाहरुलाई लक्षित गरेर कसरी नियन्त्रण र रोकथाम गर्नका लागि राज्य,गैरसरकारी,नागरीक समाज, कानुनी परार्मश, विद्यालय परिवार, आमा समुह तथा विद्यार्थी संगठनहरु लाग्नुपर्ने अवस्था टडकारो रुपमा आएको छ । देशका भविष्य युवाको काँधमा हुने र भविष्यका कर्णधार आजका युवा हुने भएकोले दुव्र्यसनी नियन्त्रण समाज बनाउनमा प्रत्येक नागरिकको दायित्व भित्र पर्दछ । समाज भित्र हुने असल अभ्यासको अनुसरण र गलत तथा कुलत सस्कृतिको अवमुल्यन गर्ने क्रममा युवा जमााहरु नराम्रो जगडिएको महसुस भएकोले सो क्रियाकलापमा गिरावट र न्युनीकरण हुन गै लागु पदार्थ मुक्त समाज निर्माणमा अभियान सञ्चालन गर्नमा कठोर भएर लाग्नुपर्ने हुन्छ । व्यक्तिगत, सामुहिक, राज्य स्तर तथा समुदाय तहबाट नकारात्मक मुल्य र मान्यतालाई विस्थापित गर्नमा लाग्नमा भोलि भन्नु हुँदैन । लागु पदार्थको उत्पादन र उपभोग मानव जगतका लागि दुश्मन र शत्रुलाई उपयोगी हुने हिसावले प्रयोग गरेको हो कि भन्ने आभास हुन थालेको छ ।

मुख्य शब्दावली भविष्यप्रति संवेदनहीन, मानव जीवनको दुश्मन, मदिरा, गाँजा,अफिम, सार्वजनिक सरोकार

विषय प्रवेश
नेपाल भरमा लागु औषध रहित स्वस्थ र सुमन्नत समाजको प्राप्ती गर्ने लक्ष्य र उद्धेश्य नै मुख्य रुपमा लागु औषध नियन्त्रण रणनीति २०६६ मा सुनौलो अक्षरमा अंकित छ । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा बहुआयामिक कार्यक्रम सञ्चालन गरी लागु औषध दुव्र्यसन रहित र मुक्त समाजको सिर्जना गर्ने रणनीति दीर्घकालीन लक्ष्य हुने सोच वृहत तरिकाले राखिएको छ । लागु औषधको नियन्त्रणका लागि लागु औषधको अवैध खेती, उत्पादन, ओसार– पसार र बेचविखनमा नियन्त्रण गरी लागु औषधसँग सम्बन्धित अपराधमा कमी ल्याउने, जोखिम समुहमा लागु औषधको प्रयोग ९क्ष्लअष्मभलअभ या म्चगन ब्दगकभ ० लाई न्युनीकरण गर्ने, गुणस्तरीय भरपर्दो एवं विश्वसनीय उपचार तथा पुनःस्थापन सेवामा लागु औषध प्रयोगकर्ताहरुको सहज तथा सरल पहुँच बढाउने, लागु औषधको प्रयोगमा रोकथाम तथा नियन्त्रणसँग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार राख्ने विभिन्न नीतिहरु बीच तादात्म्यता कायम गरी विभिन्न निकायहरु बीच सहकार्य र साझेदारी प्रवद्र्धन गर्ने, लागु पदार्थ प्रयोगकर्ताको संख्या,स्वरुप तथा असर बारे आवधिक तथा आधारभूत सर्भेक्षण गर्ने गरेर न्युनीकरणतर्फ लाग्नुपदर्छ । बजारमा सस्तो र सजिलो उत्पादनमा उपलब्ध हुनु, अन्तराष्ट्रिय अपराध सञ्जाल हुनु, युवा जिज्ञासा,बेरोजगारी,मानसिक तनाव निरन्तर बढनु, सामाजिक असमानता र द्धन्द्ध कायम हुनु, इन्टरनेट÷ डार्क बेवमार्फत व्यापार सिर्जना गरी सार्वजनिक प्रशासनले थाहा नपाउने गरी नयाँ बजारका रुपमा बन्द र अदृश्य व्यापार जस्तै विस्तार भइरहेकोले नेपाल जस्तो विकासोन्मुक मुलुकमा लागृ पदार्थले चुनौती थपिरहेको छ ।
लागु पदार्थ सेवनले इज्जतको कालो दाग लाग्ने, सामाजिक प्रतिष्ठामा आँच आउने,आर्थिक संकट भयावह रुपमा सृजना हुने, अमुल्य जिन्दगीको बर्बादी छोटो अवधीमा हुने, उज्यालो भविष्यलाई अन्धकार बनाउने, संघर्ष नै जिन्दगी हो भन्ने भावनाको सोच नहुने, मनोसामाजिक विकृतिको सकारात्मक रुपले अध्ययन अनुसन्धान नगर्ने परिपाटीले समाजमा नराम्रोसँग जार गाँडेको छ । लागु पदार्थको सेवनबाट हुने नराम्रो परिणामबाट युवा पुस्तालाई जोगाउने र बचाउने काम सामुहिक रुपमा बहन गर्नुपछ । लागु पदार्थको सेवनको नकारात्मक पक्षका बारेमा पैरवी,बहस,छलफल,सम्मेलन, भेला,तालिम,पोष्टर,डिजिटल सामाग्री,आम सभा आयोजना गरेर जागरण र अभियानमा नियमित रुपमा गर्नु राज्यको पहिलो दायित्व हो । समाज र देशका खम्बा भनेका युवाहरु हुन । उनीहरुको सहि र सत्य तरिकाले देश र मातृभूमिका लागी क्षमता र पसिना बगाउनमा लगाएमा लागु औषध दुव्र्यसनी कम हुने थियो । मानव अमुल्य चोला दुव्र्यसनीको लतमा फगत सुम्पन्नका लागि होइन भन्न भाष्य निर्माण गर्न सक्ने अठोटको वाचा गर्ने भोलि दिन नकुरौ है ल ।

मुख्य विषयवस्तु
लागु पदार्थको परिभाषा र परिचय
लागु औषध भनेको सर्वसाधारण जनताको सदाचार,स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्नको लागि लागू औषधको खेती, उत्पादन,निर्माण, खरिद बिक्री, सञ्चय, ओसापसार,सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्नका लागि व्यवस्था गरेको ऐन लागु औषध (नियन्त्रण ) ऐन,२०३३ मा परिभाषा खण्डमा स्पष्ट रुपमा उल्लेख छ । लागु औषधमा गाँजा,अफिम,औषधीपयोगी गाँजा, तयारीको अफिम, औषधीपयोगी अफिम,कोकाको झार र पात, अफिम वा कोकाको सारतत्व मिश्रण लवण मिसाई तयार गरिने पदार्थ, नेपाल सरकारले समय समयमा राजपत्रमा प्रकाशित गरि तोकेको प्राकृतिक तथा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ ( साइकोट्रपिक्स सब्टान्स ) र तिनको लवण तथा पदार्थ समेत सम्झनुपर्दछ । अवैधानिक रुपमा उत्पादन तथा निकासीलाई समेत समावेश गर्नुपछ ।
गाँजा भन्नाले भाँग वा सिद्ध समेत गाँजा मुलको जुनसुकै बोटको पात र फुलहरु, चरेस वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा र चोवहरु, धुलोलाई संकलन गरी लत वा नशा दिने पदार्थलाई गाँजा भनिन्छ । मदिरा भन्नाले रक्सी,जाँड, छयाङ,तोङ्वा,ह्रिस्की,रम,जीन,ब्राण्डी, भोड्का,वियर, वाइन, सेरी, सेम्पेन, मिड,माल्टन, औद्योगिक अल्कोहल, रेक्टीफाइड स्प्रिट, साइलेण्ट स्प्रिट, दिने चर्ड स्प्रिट र हेड्स स्प्रिट सम्झनुर्छ र सो शब्दले अन्न,फलफुल वा अन्य कुनै तरिकाबाट तयार पारिएको अल्कोहलयुक्त पदार्थलाई समेत जनाउँछ । लागु पदार्थले दिमागमा भएको आन्नददायक केन्द्र लगायत अन्य भागहरुमा अप्राकृतिक रुपमा स्नायु रसायनहरुको उत्सर्जन गर्छ र अस्वाभाविक आनन्द महसुस गराउँछ । जसले गर्दा आत्म नियन्त्रणले सही निर्णय गर्ने क्षमता गुमाउँछ । आजकलको डिजिटल युगमा नयाँ नयाँ ब्राण्ड र आकारमा लागु पदार्थका नमुनाहरु उत्पादन,पैठारी,निकासी,उपयोग भएको पाउन सकिन्छ । मुल्यहीन उच्च मुल्यका गैरकानुनी तरिकाले कारोवार हुने गरेको पाइन्छ । समाजमा प्रतिष्ठीत सार्वजनिक पदमा आशिन मानिसहरु यो वा त्यो ढंगले लागु पदार्थ सेवन गरेको देख्दा कहिले काँही अचम्म र उदेक लाग्दछ ।
दुव्र्यसनमा युवा
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार विश्वभर करिव २० करोड मानिसले लागु पदार्थ प्रयोग गर्ने गर्छन । नेपालमा लागु पदार्थ प्रयोग एवं दुब्र्यसन निरन्तर रुपमा बढ्दै गइरहेको सरकारी तथा गैरसरकारी तथ्यांकले देखाउँछ । यर्थाथ अध्ययनको अभावले गर्दा यकिन रुपमा तथ्यांक उपलब्ध हुन सकेको छैन । किशोर अवस्थामा प्रयोगकर्ताहरु सुर्तीजन्य, रक्सीजन्य,अफिसजन्य पदार्थ, गाँजा र बेन्जोडाजेपिन प्रयोग गर्छन । सन् १९८७ बाट संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष जुन २६ मा विश्वभर लागु पदार्थ दुरुपयोग र अवैध तस्करी विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । बालबालिका,किशोर एवं युवाहरुको कुरा गैरआलोचक एवं दुव्र्यसनीका समस्या ध्यानपूर्वक सुन्नु नै पहिलो प्राथमिकता रहेको छ ।
लागु पदार्थ दुव्र्यसन आफैमा एउटा जटिल स्वास्थ्य समस्या हो,जसको आफनो जैविक मनोसामाजिक कारणहर छन् । सुरुमा एक पटक जानी नजानी प्रयोग गर्दैमा कुनै व्यक्ति लागु पदार्थमा निर्भर नभए पनि नियमित प्रयोगले भने दुव्र्यसनीमा निर्भर हुन पुग्छन् । युवाहरुमा लागू पदार्थको प्रयोगका लक्षणहरुमा हाउभाउ,व्यवहार र व्यक्तित्वमा असामान्य परिवर्तन देखिनु, शैक्षिक प्रर्दशनमा गिरावट एवं विद्यालयमा अनुपस्थिति बढ्दै जानु, साथीहरुको समूहमा अचानक परिवर्तन हुनु, उच्च जोखिम व्यवहारमा वृद्धि, जस्तै चोटपटक,हिंसा र यौन व्यवहारमा संलग्नता बढनु, स्थास्थ्य अवस्थामा परिवर्तन देखिनु दुब्लाउने,खानामा अरुचि,निद्रा कमी) तथा लागु पदार्थ प्रयोग गर्न चाहिने उपकरण भेटिनु ( सलाई,सुई,कपास आदि ) लक्षणहरु देखापर्छ ।
युवा जमातहरुमा कसैले असामान्य व्यवहार देखाउन थालेमा, दुब्लाउँदै जानु,आफनो जिम्मेवारीबाट पन्छने कोसिस गर्नु, हातमा सुई घोपेका छाप हुनु,विना सुचना घरबाट कतै गोप्य स्थानमा गइरहनु, आँखा र अनुहारको चमक हराउनु, शरीर र मुखबाट अनौठा गन्ध आउनु, झुम्म वा लठ्ठ भएर बस्नु,अत्यधिक पैसाको माग गर्नु आदि अम्मलमा फसिसकेको संकेत हुन सक्छ ।
युवाहरुलाई जोखिममा रहने वर्ग हो भनि थाहा पाए सम्म कहिल्यै लुकाउनु हुँदैन । प्रवृत्ति लुकाएर ढाकछोप गर्दा अथवा हडवडमा सुजबुझ र परामर्श विना व्यवस्थापन गर्न नखोजेमा नतिजा झन प्रत्युत्पादक हुन सक्छ । अभिभावक र शिक्षकहरु मिलेर समयमै सही सहयोग र उपायहरु अपनाएर लागु पदार्थको दुव्र्यसनमा निर्भर हुन पुग्छन । हाम्रो समाजमा किशोरावस्थामा विकराल बन्दै गइरहेको समयमा दुव्र्यसनीका कुरा पहिले नै सुनी सही समयमा नै सही रिजल्ट आउने गरी व्यवस्थापन गर्न अभिभावक,शिक्षक तथा प्रयोगकर्ता स्वयं आत्म केन्द्रित भै जागरुक हुन जरुरी हुन्छ ।

लागु पदार्थ नियन्त्रणका सरोकारवाला
लागु औषध प्रयोगकर्ताको सख्यामा वढात्तरी आएकोमा किशोर किशोरीहरु बढी मात्रामा रहेका छन् । लागु पर्दाथको अवैध ओसार – पसार एवं कारोवारलाई हातहतियार तस्करी पछिको दोश्रो ठुलो अपराधको रुपमा लिइन्छ । अवैध ओसार–पसार एवं नियन्त्रण गर्न कानुन कार्यान्वयन निकायहरु क्रियाशिल रहे पनि अन्तराष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको संजालले गर्दा यसको ओसार–पसार र नियन्त्रण गर्ने कार्य चुनौतीको रुपमा देखिएको छ । लागु औषधको प्रयोग, रोकथाम तथा नियन्त्रणको विषयमा राज्यको एक्लो प्रयासबाट मात्र नभई गैरसरकारी पक्ष, नागरीक समाज,नीजि क्षेत्र,विज्ञ एवं प्रयोगकर्ता तथा अन्तराष्ट्रिय विकास साझेदारहरुको संयुक्त सहकार्यको पनि त्यत्तिकै खाँचो पर्छ । लागु पदार्थको माग घटाऊ ९ म्झबलम च्भमगअतष्यल० अभियानलाई थप प्रभावकारी बनाउन जरुरी छ । साथै लागु औषध दुव्र्यसन रहित स्वस्थ र समुन्नत समाजको प्राप्तीको लागि लागु औषध नियन्त्रणका लागि अवेैध ओसार–प्रसार, कारोवार एवं आपुर्तिमा कडाईका साथ नियन्त्रण गर्नमा युवा जमातलाई प्रयोग गर्नु अति आवश्यक छ । घरको सुख शान्ति र आर्थिक, सामाजिक पक्ष खल्बलिन पुग्छ । अत्यधिक लागु पदार्थको प्रयोगबाट उर्जाशिल र क्षमतावान मानिस निकम्मा बन्न पुग्छ । लागु पदार्थको लत लागेका मानिस अझ विशेषगरी युवा अनुत्पादक बन्दा घर, समाज र देशलाई पनि घाटा हुन्छ । राज्यले गरेको लगानी उत्पादनमुखी र उर्जाशिल हुनु पर्ने लगानी खेर हुन गै बालुवामा पानी हाले जस्तै भएको हुन्छ ।
सरोकारवालाहरुले हरेक युवाहरुको चालचलनमा निगरानी राख्नुपर्ने दायित्व सृजना हुने नैतिक जिम्मेवारी हुन्छ । एक आपसमा नियमित सञ्चार सकारात्मक कार्य र उर्जाशिल सोचका लागि भइरहनुपर्छ । जनचेतना, सशक्तिकरण र पैरवीका कार्यक्रम भइरहनुपर्छ ।
लागु पदार्थका सवालमा रणनीतिका विषवस्तु
लागु पदार्थ नियन्त्रणका लागि लागु लागु औषधको अवैध खेती, उत्पादन,ओसार–पसार र बेचविखनमा नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउने, लागु औषध दुव्र्यसनको कारणले जोखिम समुहमा परेका युवा तथा अन्य समुदायको पहिचान गर्ने र तिनीलाई सचेतीकरण गर्ने, विद्यालयमा आधारित सचेतना र जागरणामूलक कार्यक्रम सञ्चालन गर्ने, लागु औषधको माग घटाउनको लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्ने, लागु औषधको जोखममा परेका महिला वर्गका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने, कारागार लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, लागु औषध विरुद्धको अभियानमा आम संचारका माध्यमलाई परिचालन गर्ने र सूचना प्रवाहमा व्यापकता ल्याउने, गुणस्तरीय भरपर्दो एवं विश्वसनीय उपचार तथा पुनस्र्थापन सेवामा लागु औषध प्रयोगकर्ताहरुको पहुँच बढाउनेका लागि गुणस्तरीय उपचारमा लागु औषध प्रयोगकर्ताहरुको पहुँच सहज र सरल तुल्याउने, पुनस्र्थापन केन्द्रको सञ्चालन गर्ने, सामाजिक पुनर्एकीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्छ । लागु औषध प्रयोगकर्ता,निजको परिवार र समुदायम एच.आइ.भी., हेपाटाइटिस, यौनजन्य रोग जस्ता संक्रमणको जोखिम नियन्त्रण र न्युनीकरण गर्ने, अन्य क्षति न्यूनीकरण कार्यक्रम सञ्चालन, महिला लागु औषध प्रयोगकर्ताका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपछ । लागु औषधको रोकथाम तथा नियन्त्रणसँग सरोकार राख्ने विभिन्न निकायहरु बीच आवश्यक सहकार्य गर्ने, लागु औषध नियन्त्रण व्युरो स्थापना गर्ने, लागु औषध नियन्त्रण कार्यक्रमको सुदृढीकरण तथा क्षमता अभिवृद्धि गर्ने, लागु औषधको समस्या बहु–आयामिक तथा बहुपक्षीय भएकोले यसमा नियमित अध्ययन अनुसन्धान गर्ने, लागु औषध नियन्त्रण र रोकथामका लागि रणनीतिक कार्ययोजना कार्यावन्यन सहित अनुसन्धान तथा मुल्याङकन गर्नमा विशेष ध्यान दिनुपर्छ । मानवअधिकारसँग प्रत्यक्ष जोडिएकोले सो मानवअधिकार संरक्षणका लागि विश्वव्यापी मुल्य र मान्यता प्रति सजग र सतर्कता अपनाउनुपर्छ ।

युवामा लागु पदार्थ सेवन नियन्त्रण गर्ने तरिका
लागु पर्दाथबाट युवाहरुलाई सुरक्षित बनाउन सकिने आधारमा सही संगतको छनौट गर्न सक्ने क्षमता विकास गर्ने, अस्वीकार गर्न सक्ने क्षमता विकास गर्ने, खेलकुद,कला,साहित्य,मनोरञ्जन,पर्यटन, सिर्जनात्मक गतिविधिमा संलग्नता बढी भन्दा बढी हुनुपर्ने, खुला सकारात्मक संवाद तथा बैठकको समिक्षा हुनु पर्ने, युवालाई निगरानी र माया सदभावको भावना दुवै हुनुपर्ने, मानसिक समस्या पहिचान गरी योग ध्यान,कृषि कर्ममा लाग्नुपर्ने हुन्छ । जीवन सीप शिक्षा, लागु पदार्थ विरुद्ध पाठयक्रम, परामर्श सेवा सर्वसुलभ बनाउनुपर्ने हुन्छ । समाज र सरकारबाट रोजगारी सिर्जना, नवप्रर्वद्धनात्मक कार्यमा लगानी, खेलकुद तथा सांस्कृतिक कार्यक्रम नियमित संचालन, पुर्नस्थापना केन्द्रहरुको विस्तार, राज्यको चौथो अंगको रुपमा रहेको मिडिया अभियान चलाउने, डिजिटल प्लेट फर्म मार्फत सचेतना फैलाउने गर्नुपछ । अहिले युवाबाट युवालाई शिक्षा,मोबाइल÷सोसल मिडिया अभियान गर्ने, मानसिक स्वास्थ सेवा विस्तार गर्ने काममा रणनीति बनाएर लाग्नुको विकल्प छैन । समाजमा अदृश्य रुपमा रहेको गोलमाल कारोवारलाई निगरानीमा ल्याउने गर्नुपर्छ । युवाहरुको महत्व र आवश्यकता सहित देश निर्माणमा लागि लगाउने योजना तुरुन्त कार्यान्वयनमा लैजाने गर्नुपछ । युवा जमातमा सामाजिक प्रतिष्ठा, इज्जत सहितको आर्थिक उन्नतीका सवालमा अभिमुखीकरण गर्दै जानुको विकल्प छैन । पारिवारीक बेमेल,हिंसा, तनावग्रस्त बाल्यकालमा धेरै बेमेल झै झगडा हुनुलाई राम्रो मानिदैन । त्यसलाई पारीवारीक पुर्नमिलन कार्यक्रम,शान्तीको कामना, पञ्चशिलका सिद्धान्तहरु अध्ययन गर्ने र प्रयोगमा ल्याउने गर्नुपर्छ ।

निष्कर्ष
समृद्धि र समुन्नत समाजका लागि दुश्मन,शत्रु र बिकारशैली बनेको लागुपदार्थ दुव्र्यसनका बारेमा लागेर वकासको उज्यालो भविष्य निर्माणका बाधक हटाउन तल्लो स्तरबाट नै अभियान थालनी गर्न ढिला गर्नु हुदैन । हरेक नागरिकहरु लागु पदार्थबाट मुक्त हुन लागि समुदाय,विद्यालय,राजनीतिक तह , प्रशासनिक तह, न्यायपालिकाको सचेतना, सरोकारवालाका विचमा सकारात्मक सन्देश दिने गरि लाग्नुपर्नेको विकल्प छैन । समाजमा कुलत,कुसस्कारमा लाग्न हुँदैन भनेर व्यक्तिगत रुपमा सम्झाउने र बुझाउने गर्दा किन मतलब राखेको भन्दै फरक दृष्टिकोण राखेको भन्दा उल्टो सुझाव दिनेलाई इल्ली र बिल्ली पार्ने गरेको पाउन सकिन्छ । नयाँ खतरनाक पदार्थको रुपमा उच्च गतिमा युवा पुस्तामा जरा गाँडदै फैलिएको छ । पछिल्लो समय कोकिन बजार सबैभन्दा छिटो बढ्दो ग्राफमा प्रयोगकर्ता पुगेको समाचार सर्वत्र रहेको छ । नेपालमा खुला सिमानाका कारण लागु पर्दाथ तस्करी सजिलो भएको छ । युवामा बढ्दो सचेतनाको अभावका कारण प्रयोगमा आर्कषण रहेको पाइन्छ । बेरोजगारी र मानसिक समस्याका कारण चुनौती थपिएको छ । पुनस्र्थापना केन्द्रको अभाव हुनु, लागु पदार्थलाई सामाजिक कलंकको रुपमा पहिचान गराउन सक्नुपर्छ ।
लागु पदार्थको दुव्र्यसनी कम होइन,अझ जटिल हुँदै गएको अवस्था छ । नेपालको कानुन बलियो भएपनि कार्यान्वयन, जनचेतना र पुनस्र्थापना कमजोर पक्ष रहेको अवस्था छ । दिर्घकालीन समाधानका लागि शिक्षा,रोजगार,मानसिक स्वास्थ्य, सामाजिक समर्थनका लागि नीति,योजना, कार्यक्रम, पैरवी, सम्मेलन र जनचेतनाका अभियानहरु निरन्तर संचालन गर्न ढिला भई सकेको छ । लागु पदार्थ मानिसको बर्बर शत्रु हो । जसलाई हरेक मानव जिवनमा नकार्न, बहिष्कार,परित्याग गर्नुपर्छ । लागु पदार्थको लत लागेको मानिस जीवन संघर्षमा असफल बन्न पुग्छ । लागु पदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ । युवाहरुका साथी समुह कस्ता छन्, कतै कुबाटो तर्फ त लागेका छैनन भन्ने कुरामा सदैव सचेत बन्नुपर्छ । युवाहरुका दैनिक क्रियाकलापमा सकेसम्म निगरानी राख्दै सो वस्तु अति खराव हो भन्ने चेतना बोध गराउनुपर्छ ।

सन्दर्भ सामाग्रीहरु
१) नेपालको संविधान,२०७२ www.lawcommision.gov.np
२) १६ औ आवधिक योजना, राष्ट्रिय योजना आयोग, सिंहदरवार,काठमाडौ
३) नेपाल सरकार,गृह मन्त्रालय, लागु औषध नियन्त्रण रणनीति,२०६६
४) नेपाल सरकार कानुन,न्याय तथा संसदिय मामिला मन्त्रालय, लागु औषध प्रयोगकर्ताहरुको लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देर्शिका,२०७५
५) पौडेयाल,अजवी, अन्नपुर्ण पोष्ट दैनिक, लागुऔषध दुव्र्यसनी बढेको बढ्यै, कसरी जोगाउने युवा ? आइतबार १४, पुस २०८१
६) बल्लभ पन्त, डा.सुगन र ओझा, प्रा.डा. सरोजप्रसाद, कान्तीपुर दैनिक, दुव्र्यसनमा युवा, असार १२, २०७४
७) भट्टराई, प्रकाश,..लागु पदार्थको दुव्र्यसन,२२ भाद्र, २०७१
८) बस्नेत, डा. मधुर, अनलाइन खबर,काठमाडौ, लागुपदार्थ दुव्र्यसन बारेका भ्रम चिरौ । पुस २६,२०८१
९) नेपाल सरकार,गृह मन्त्रालय, लागुऔषध नियन्त्रण राष्ट्रिय नीति,२०६३
१०) लागु औषध (नियन्त्रण) ऐन,२०६३,www.lawcommision.gov.np

कमेन्टहरु