समाज

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनमा सांस्कृतिक कार्यक्रम तथा कप वितरण

प्रदिप सिंह
२०८३ जेष्ठ १५ | मध्यान्ह ०६:०२ बजे

१५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदन विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई मायाको चिन्हस्वरूप कप वितरण गरेको छ। कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुति समेत राखिएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक प्रमुख मनोज कर्ण का अनुसार गणतन्त्र दिवसलाई विशेष बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विद्यालय सञ्चालन भइरहेको बताउनुभयो।

यस विद्यालयमा अध्यनरत बिद्यार्थीहरुको उपस्थित राज्यको हरेक निकायमा हुनु पर्ने विस्वास संस्थापक मनोज कर्णले व्यक्त गर्नुभयो ।

सिरहाको धनगढीमाई नगरपालिका–३ मेदनीपुर स्थित रहेको विद्यालयले बालमैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आएको विद्यालयका कोर्डिनेटर ज्योति राई ले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयमा विद्यार्थीको प्रतिभा विकाससँगै नैतिक, सांस्कृतिक तथा व्यवहारिक शिक्षामा पनि विशेष जोड दिइँदै आएको छ।
कार्यक्रममा विद्यार्थी, र शिक्षक को उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

कमेन्टहरु