दक्षिण कोरियाको फ्लाइ ओभरमा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते

रासस
२०८३ जेष्ठ १२ | मध्यान्ह ०६:०२ बजे

दक्षिण कोरिया । दक्षिण कोरियाको “फ्लाइ ओभर” मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।“फ्लाइ ओभर” को माथिल्लो भागको मर्मत गर्ने क्रममा भएको दुर्घटनामा दुई जना मानिसहरूको भग्नावशेष मुनि पुरिएर मृत्यु भएको जनाइएको छ ।
बाँकी तीनजना पुरुषहरूको ढाड र टाउकोमा चोट लागेको जनाइएको छ ।दुर्घटनाको समयमा घटनास्थलमा रहेका १२ जना मध्ये अन्य ६ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जनाइएको छ ।“फ्लाइ ओभर” को निर्माणर्थ जारी अपरेसनको क्रममा दुर्घटना भएको जनाइएको छ ।

















