इरानले अमेरिकी ड्रोन खसालेको दाबी

एजेन्सी
२०८३ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको एक अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ । उक्त ड्रोनलाई शत्रुको विमानका रूपमा पहिचान गरेर कारबाही गरिएको बताइएको छ । आईआरजीसीका अनुसार खसालिएको ड्रोन एमक्यू–९ रीपर हो ।
हालसम्म अमेरिका पक्षले ड्रोन खसालिएको दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यो घटनाअघि नै अमेरिकी सेनाले इरानका रकेट–लन्च साइटहरूमा रक्षात्मक कारबाही गरेको जनाएको थियो ।

















