तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

रासस
२०८३ जेष्ठ १२ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ ।सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।


















