बिश्व

‘स्ट्रेट अफ होर्मुज व्यवस्थापन गर्नु इरानको कानुनी अधिकार’

एजेन्सी
२०८३ जेष्ठ ११ | मध्यान्ह ०६:०२ बजे

तेहरान । इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु आफ्नो कानूनी अधिकार भएको बताएको छ । इरानका सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले देशको राष्ट्रिय सुरक्षा सुनिश्चत गर्न स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु इरानको कानूनी अधिकार भएको बताएका हुन् ।‘इरानद्वारा होर्मुज जलडमरूमध्यको व्यवस्थापनले फारसी खाडी क्षेत्रमा ५० वर्षदेखिको असुरक्षाको अन्त्य गरेको छ,’ रेजाईको भनाईलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।

फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे युद्ध शुरु गरेयता इरानले स्ट्रेट अफ होर्मुजलाई आफ्नो नियन्त्रणमा लिएको छ । 

यसको प्रतिकारमा अमेरिकाले पनि इरानी बन्दरगाहमाथि प्रतिबन्ध लगाएका छन् । होर्मुज विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो । यहाँबाट विश्व बजारमा ठूलो परिमाणमा तेल ओसारपसार हुँदै आएको छ । 

कमेन्टहरु