समाज

प्रशासन कार्यालय गौरमा कुलर जडान, सेवाग्राहीलाई राहत

अशोक यादव
२०८३ जेष्ठ ११ | मध्यान्ह ०४:०२ बजे

रौतहट । अत्याधिक गर्मीका कारण सेवा लिन जिल्ला प्रशासन कार्यालय गौर आउने सेवाग्राहीहरू सास्ती खेपिरहेका बेला प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल को पहलमा कार्यालय परिसरमा ठूलो साइजको कुलर जडान गरिएको छ ।चर्को गर्मीका बीच दैनिक सयौं नागरिक सेवा लिन प्रशासन कार्यालय पुग्ने गरेका छन् । गर्मीका कारण सेवाग्राहीलाई समस्या हुन थालेपछि प्रमुख जिल्ला अधिकारी भुसालले नागरिकको सहजतालाई मध्यनजर गर्दै कुलर जडान गराएका हुन् ।

कार्यालयमा कुलर सञ्चालनमा आएपछि सेवा लिन आउने नागरिकहरूले राहत महसुस गरेका छन् । प्रशासनले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै नागरिक मैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको जनाएको छ ।

स्थानीय सेवाग्राहीहरूले गर्मीका समयमा प्रशासन कार्यालयले गरेको यो व्यवस्थाले सेवा लिन सहज भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय गौरको यो कदमलाई नागरिकमैत्री कार्यको रूपमा समेत हेरिएको छ । सेवाग्राहीहरूले बताएका छन ।

WhatsApp Image 2026 05 25 at 16.16.40

कमेन्टहरु