इरानसँगको वार्तामा ‘उल्लेख्य प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको दाबी


काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको वार्तामा उल्लेख्य प्रगति भएको बताएका छन् । उनले आजै यस विषयमा थप जानकारी सार्वजनिक हुन सक्ने सङ्केत पनि दिए ।
नयाँ दिल्लीमा भारतका विदेशमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले अमेरिकाको मुख्य उद्देश्य इरानले कहिल्यै परमाणु हतियार प्राप्त नगर्ने सुनिश्चित गर्नु रहेको पनि दोहोर्याए।
रुबियोका अनुसार अहिले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरिरहेका व्यापारिक जहाजहरूलाई इरानले धम्की दिनु कुनै पनि अन्तर्राष्ट्रिय कानुनी मान्यताअनुसार अवैध भएकोमा उनले स्पष्ट पारे।
उनले थपे, ‘हामीलाई नियन्त्रण गर्ने कुनै पनि अन्तर्राष्ट्रिय कानुनको अवधारणा अन्तर्गत त्यो गैर कानुनी छ,’ । यस्ता गतिविधिलाई सामान्य रूपमा स्वीकार गरिए खतरनाक उदाहरण स्थापित हुने चेतावनी उनले दिए।
‘यदि हामीले त्यसलाई सामान्य हुन दियौँ भने, हामीले अस्वीकार्य यथास्थितिलाई सामान्य बनाइरहेका हुनेछौँ र खतरनाक उदाहरण स्थापित गरिरहेका हुनेछौँ।,’ उनले भने।






















