समाज

संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

नवलपुर टुडे
२०८३ जेष्ठ ४ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ ४। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उनले जनप्रतिनिधिहरूले उठाएका जनताका आवाजलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने बताए ।

उनले भने, ‘संसदमा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जवाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन् । प्रधानमन्त्री वा मन्त्रीलाई जवाफदेही एवम उत्तरदायी बनाउन नियमावलीले ख्याल गर्नु पर्दछ ।’

उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे । न्यूज बैंक

कमेन्टहरु