ताइवानसम्बन्धी प्रश्नमा मौन बसे ट्रम्प

एजेन्सी
२०८३ बैशाख ३१ | मध्यान्ह ०३:०१ बजे

बेइजिङ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटपछि पत्रकारहरूले सोधेको ताइवानसम्बन्धी प्रश्नमा कुनै प्रतिक्रिया नदिएको देखिएको छ ।
सीएनएनको फुटेजअनुसार दुवै नेता बेइजिङस्थित युनेस्कोको सूचीमा रहेको टेम्पल अफ हेभनमा फोटो सेसनका लागि उभिएका बेला पत्रकारहरूले दुई पटक ‘के ताइवानबारे छलफल भयो ?’ भनेर सोधेका थिए । तर ट्रम्पले त्यस प्रश्नको कुनै जवाफ दिएनन् ।

















