लियो क्लब आफ कपिलवस्तुद्वारा बाल गृहमा रक्षाबन्धन कार्यक्रम सम्पन्न


कपिलवस्तु । कपिलवस्तु जिल्लामा संचालित लियो क्लब आफ कपिलवस्तुद्वारा बाल गृह तौलिहवामा रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेको छ । तौलिहवामा रहेको बाल गृहमा विभिन्न बालबालिकाहरुद्वारा रक्षा बन्धन बाधेर(लगाएर) शुभकामना आदान प्रदान गरिएको छ।
कोरोना महामारीको भयावह अवस्थाको कारणले केही बालबालिकाहरुद्वारा मात्र रक्षा बन्धन बाँधेर भएपनि कार्यक्रम सम्पन्न गरेको हो। बालगृहमा रक्षाबन्धनका साथै बालबालिकाहरुलाई विभिन्न प्रकारका फलफूलहरु समेत प्रदान गरिएको छ। कोरोना महामारीको बेला मात्र नभई विभिन्न अवस्थामा यस लियो क्लब आफ कपिलवस्तुले यस्ता विभिन्न सहयोगि कार्यक्रमहरु गर्दै आएको भनि यस लियो क्लब आफ कपिलवस्तुका अध्यक्ष श्री पाण्डव भन्डारीले बताउनु भयो।
बालगृहका सम्पूर्ण बालबालिकाहरुको हकअधिकारका लागि सधैँ आफूले सहयोग गरिरहने र यस लियो क्लब आफ कपिलवस्तुको लागि पनि आफ्नो तर्फबाट सधैँ सहयोग गरिरहने भनी यस कार्यक्रमका प्रमुख अतिथी ,प्रेस युनियन क.व.को संयोजक एवम प्रदेश महासंघका सदस्य(पत्रकार) श्री गोपाल भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो।
यस कार्यक्रममा राम प्रसाद अर्याल (बालगृह क.व.), हरिशचन्द्र खनाल ( पर्यटन विकास समिती क.व.) ,प्रविण गौतम (लियो क्लब) ,लक्ष्मण सापकोटा,मधुसुदन गन्धर्व ,मनिषा गैरे,मेरिना मिदुन, आमृत सापकोटा ,पारस लम्साल ,अस्मिता खराल लगायतको उपस्थिती रहेको थियो।






















