प्रबास

अमेरिकाले सात इरानी फास्ट बोट ध्वस्त पार्‍यो : ट्रम्प

एजेन्सी
२०८३ बैशाख २२ | बिहान ०६:०१ बजे

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मोजमा अमेरिकाले इरानका सातवटा फास्ट बोटहरूमाथि हमला गरेको जानकारी दिएका छन्। इरानले युनाइटेड अरब इमिरेट्स (युएई)को प्रमुख तेल बन्दरगाहमा आक्रमण गरेपछि अमेरिकाले यो कदम चालेको हो।

अयुएई र दक्षिण कोरिया दुवैले सोमबार यस महत्त्वपूर्ण जलमार्गमा आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेका छन्। युएईका अनुसार इरानी आक्रमणपछि फुजैराहस्थित तेल बन्दरगाहमा भीषण आगलागी भएको छ। फुजैराह युएईको सबैभन्दा ठुलो बन्दरगाह र तेल भण्डारण केन्द्र हो।

वरुद्ध जलमार्गमा फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्नका लागि ट्रम्प प्रशासनले प्रोजेक्ट फ्रीडम सुरु गरेको छ। विश्वकै चर्चित सिपिङ कम्पनी मर्सले अमेरिकी सैन्य सुरक्षामा आफ्नो एउटा जहाज सुरक्षित रूपमा स्ट्रेट अफ हर्मोजबाट बाहिर निस्कन सफल भएको पुष्टि गरेको छ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले यस क्षेत्रको घटनाक्रमले राजनीतिक संकटको कुनै सैन्य समाधान नभएको स्पष्ट पारेको बताएका छन्। उनले अमेरिकी अभियानलाई व्यङ्ग्य गर्दै भनेका छन्, प्रोजेक्ट फ्रीडम वास्तवमा प्रोजेक्ट डेडलक (निकासविहीन योजना) हो।

कमेन्टहरु