उडान डेटा भन्छ– १३२ जनाको ज्यान गएको हवाई दुर्घटना जानाजान गराइएको थियो


बेइजिङ । सन २०२२ मा भएको चाइना इस्टर्न एयरलाइन्सको फ्लाइट एमयू ५७३५ दुघर्टना जानाजान गराइएको हुन सक्ने संकेत प्राप्त भएको छ ।घटना भएको चार वर्षभन्दा बढी समयपछि सार्वजनिक गरिएको उडान डेटाले यस्तो देखाएको हो । चीनको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार बोइङ ७३७–८०० विमान दुवै इन्जिनका इन्धन स्विचहरू एकैचोटि बन्द गरिएका थिए । विमान २९ हजार फिट उचाइबाट अचानक झर्दै दक्षिणी चीनको ग्वाङ्सी क्षेत्रमा पहाडमा ठोक्किएको थियो, जसमा सवार सबै १३२ जनाको ज्यान गएको थियो । यो दुर्घटना पछिल्ला दशकहरूकै सबैभन्दा घातक हवाई दुर्घटनामध्ये एक मानिन्छ ।

व्यावसायिक विमानमा प्रयोग हुने इन्धन स्विचहरू भौतिक नियन्त्रण प्रणाली हुन्, जसलाई रनबाट कटअफमा सार्नुअघि पाइलटले पहिले तान्नुपर्ने हुन्छ । यो अनायासै बन्द हुने सम्भावना निकै कम हुन्छ ।
सीएनएनका उड्डयन सुरक्षा विश्लेषक डेभिड सौसीका अनुसार यो तथ्यांकले दुर्घटनाभन्दा ठीकअघि इन्धन स्विचहरू मानवीय रूपमा बन्द गरिएको स्पष्ट देखाउँछ । तर, चीनको नागरिक उड्डयन प्रशासले हालसम्म पनि किन विमान अचानक झर्यो भन्ने मुख्य प्रश्नको स्पष्ट उत्तर दिएको छैन ।






















