बिश्व

अमेरिकी नाकाबन्दीले इरानलाई झन्डै ५ अर्ब घाटा

एजेन्सी
२०८३ बैशाख २० | मध्यान्ह ०६:०१ बजे

तेहरान ।  अमेरिकाले गल्फ अफ ओमानमा अप्रिल १३ मा लगाएको नाकाबन्दीका कारण इरानलाई झन्डै ५ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।  एक्सियोसले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । नाकाबन्दी शुरु भएयता अमेरिकाले इरानी तेल र अन्य सामान बोकेका ४० भन्दा बढी जहाजहरू ९ को मार्ग परिवर्तन गराएको छ ।

हाल ३१ वटा ट्यांकरमा लोड गरिएको करिब ५३ मिलियन ब्यारेल इरानी तेल खाडी क्षेत्रमा अड्किएको छ, जसको कुल मूल्य करिब ४ अर्ब ८० करोड डलर बराबर रहेको बताइएको छ । तीमध्ये दुईवटा जहाज नियन्त्रणमा लिइएका छन् । 

स्थलमा रहेका भण्डारण सुविधा भरिँदै गएपछि इरानले पुराना ट्यांकरहरूलाई “फ्लोटिङ स्टोरेज”का रूपमा प्रयोग गर्न थालेको छ । साथै, केही जहाजहरूले अमेरिकी अवरोधबाट बच्न चीनतर्फ लामो र महँगो मार्ग प्रयोग गरिरहेका छन् ।

 विश्लेषकहरूका अनुसार इरानसँग विकल्पहरू सीमित हुँदै गएका छन् । इरानको भण्डारण क्षमता केही हप्ता वा बढीमा एक महिनाभित्र समाप्त हुन सक्ने चेतावनी यूरोशिया गु्रपका ग्रेगरी ब्रिउले एक्सियोसलाई बताए । 

कमेन्टहरु