प्रबास

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

एजेन्सी
२०८३ बैशाख २० | मध्यान्ह ०४:०१ बजे

काठमाडाैँ । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक बाढीले यस हप्ता कम्तीमा १० जनाको ज्यान लिएको पुष्टि त्यहाँको प्रहरीले गरेको छ।

राष्ट्रिय प्रहरी सेवाका अनुसार अधिकांश मानवीय क्षति देशको पूर्वी क्षेत्रमा भएको छ, जहाँ बाढीका कारण सडकहरू अवरुद्ध भएका छन् र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन् । यसले धेरै समुदायहरूलाई गम्भीर समस्यामा पारेको छ।प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार हालसम्म १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा सबैभन्दा धेरै ७ जनाको मृत्यु भएकाे छ।  घटना पूर्वी क्षेत्रमा भएको जनाइएको छ।

बाढीका कारण दुई महत्वपूर्ण पुलहरू भत्किँदा तटीय तथा पूर्वी क्षेत्रहरूमा यातायात र सामान ढुवानीमा गम्भीर अवरोध उत्पन्न भएको छ।अधिकारीहरूले विशेष गरी जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, बाढीग्रस्त क्षेत्रहरूबाट टाढा रहन र स्थानीय निकायका सूचनाहरू पालना गर्न आग्रह गरेका छन्।

यसअघि मार्च महिनामा पनि केन्यामा आएको बाढीका कारण कम्तीमा ११२ जनाको मृत्यु भएको थियो।विज्ञहरूले जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपद्हरूको जोखिम बढ्दै गएको बताएका छन्।

कमेन्टहरु