नवलपरासी– २ मा रास्वपाका नरेन्द्रकुमार गुप्ता विजयी


नवलपरासी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नवलपरासी क्षेत्र नम्बर २ मा नरेन्द्रकुमार गुप्ता विजयी हुनुभएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर थापालाई २८ हजार १९३ मतको मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । कुल ८८ हजार ९१५ मतमा गुप्ताले ४४ हजार १३८ मत पाउँदा थापाले १५ हजार ९४५ मत पाउनुभयो ।
तेस्रोमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का देवेन्द्र यादवको ७ हजार २१२ मत रहेको छ । राप्रपाका ध्रुवबहादुर प्रधानको ४ हजार ६९१ र एमालेका लेखनाथ खरेलले ४ हजार ३११ मत पाउनु भएको छ । राष्ट्रिय मुक्ति पार्टीका गोबिन्द चौधरीले २ हजार २९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का देवेन्द्र पौडेल १ हजार ८३८ मा सीमित हुनुभयो ।
स्वतन्त्र उम्मेदवार रामबहादुर केवटले ७५२ मत पाउँदा अन्य उम्मेदवार ४ मत देखि ४ सय मतको सेरोफेरोमा सीमित भए । यस क्षेत्रबाट १२ स्वतन्त्रसहित २९ जना प्रतिस्पर्धामा रहेका थिए ।























