जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण


बागलुङ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।
यसअघि कृषि सङ्कलन केन्द्र नहुँदा कृषि उत्पादनले बजार पाउन नसकेका बताउँदै उनले किसानलाई बिक्रीका लागि असहज हुँदै आएकामा अब समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले भन, “अब यसले यहाँका हरेक कृषकलाई आम्दानीसँग जोड्न सहयोग गर्नेछ ।”
स्थानीय भैरवप्रसाद सापकोटाले यहाँ सङ्कलन केन्द्र अतिआवश्यक रहेको बताए । उनले भने, “किसानलाई आम्दानीसँगै जोड्न तथा कृषि उत्पादनको बजारीकरणसँगै प्रवर्द्धनका लागि पनि आवश्यक थियो । ठिक ठाउँ र समयमा केन्द्र निर्माण गरी सञ्चालनमा आएपछि किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।”
कृषि पेसा गर्दै आएका उनले गाउँमा सडक, यातायातको पहुँच विस्तार भएसँगै कृषि उत्पादनमा प्रगति भइरहेको भन्दै केन्द्रले बजारीकरणमा सघाउने विश्वास व्यक्त गरे। “हामीले उत्पादन गरेका वस्तु सङ्कलन गर्ने छौँ, त्यसपछि गाडीमार्फत बजारसम्म लगिने छ”, उनले भने । उनका अनुसार यहाँ सबैभन्दा बढी आलु र भाँगो उत्पादन हुन्छ।























