बाजुराको मार्तडीमा आगलागी हुँदा अनुमानित दुई करोड बढीको क्षेती


बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा रहेको न्यू सागर फर्निचर एण्ड अर्डर सप्लार्यसमा आगलागी हुँदा अनुमानित दुई करोड बढीको क्षेती भएको छ । मंगबार दिउँसो करिब साढे १२ बजे तिर उक्त सप्लार्यसमा आगलागी हुँदा अनुमानित दुई करोडी बढि क्षेती भएको हो । उक्त उद्योगमा रहेका सबै मालसामान जलेर सखाप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लक्ष्मीराज जोशीले बताएका छन् ।
उहाँका अनुसार ग्यारेजमा रहेका फलाम बाहेक अन्य सबै सामग्री जलेर खरानी भएका छन् भने उक्त पसल वरिपरि रहेका घरमा भने असर नपरेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा विद्युतको तार सट भएर नै आगलागी भएको अनुमान गरिएको छ । आगजनीबाट क्षेतीको विवरण अनुमानित मात्र गरिएको हुँदा यसको विषयमो थप अनुसन्धान भईरहेको सुचना अधिकारी जोशीले जानकारी दिएका छन् ।
आगलागी भएको न्यू सागर फर्निचर एण्ड अर्डर सप्लार्यस बडीमालिका नगरपालिका वडा नम्बर ८ का व्यवसायी प्रकाश थापाको हो । पसलमा काठको काम भइरहेको बेला एक्कासी तार सट भएर आगलागी भएको अनुमान गरिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पसलमा आगो देखिए लगत्तै स्थानीयहरुले निभाउने प्रयास गरेका थिए । तर प्रयाप्त पानी नहुँदा र पसलभित्र सिलिण्डर ग्याँस हुन सक्ने आशंकाले स्थानियमा त्रास समेत छाएको थियो ।
मानविय क्षेती भने कुनै नभएको बताईएको छ । स्थानीय सहित नेपाल प्रहरी, नेपाली सेना,ससत्र प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएको प्रहरी कार्यालयका सुचना अधिकारी जोशीले बताउनुभयो । आगो करिब २ घण्टापछि मात्रै पूर्ण रुपमा नियन्त्रण गर्न सकियको उहाँको भनाई रहेको छ । जिल्ला सदरमुकाम मार्तडी, बाम्का, कोल्टी जस्ता ठूला बजारहरुमा दिनप्रतिदिन आगलागीका घटनाहरु बढिरहेका छन् तर नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा थप बढी क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको छ ।























