भारतसँग जोडिएको सप्तरीका नाका तीन दिन बन्द

रासस

सारांश
राजविराज । भारतको बिहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार (कात्तिक २३) राति १२ बजेदेखि बन्द गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेको सूचनामा बिहारमा हुने विधानसभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।
प्रजिअ पोखरेलका अनुसार, यही कात्तिक २५ गते राति १२ बजेसम्म सीमानाका बन्द गरिनेछ । उक्त अवधिमा बिहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सप्तरी र सिरहाबाट ७० हजार बराबरको पटका बरामद

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
अरुपनि पढ्नुहोस
सबै
बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको चाप उच्च

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

बूढीगण्डकी बाढी : ५८ परिवार होल्डिङ सेन्टरमा, सामूहिक भान्सा सञ्चालन

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता















