देश

दुबै मृगौला फेल भएका बृखबहादुर मगरलाई सहयोग गरौं

जगत ठाडा मगर
२०७७ अशोज ९ | बिहान ०९:०६ बजे

मंगलबारे गाबिस – ८, पुङ्फुङ साबिक देउमाई नगरपालिका – २, इलाम स्थायी घर, हालको बसाइँ माई नगरपालिका – ४, दानाबारी शुक्रबारे इलाम डेरा गरि बस्ने बर्ष – ३५ का बृख बहादुर मगरको दुबै मृगौला फेल भएर काठमाडौ स्थित सुमेरु अस्पतालमा उपचार गराउदैछ ।

बिरामीको उपचारको लागि घरको आर्थिक अबस्था नाजुक छ । सम्पतिको नाममा ओइलेनी जग्गामा बनेको सानू झुपडी बाहेक केही छैन । बुढेसकालको साहारा छोरा नै यस्तो अबस्थामा रहेको दुख पोख्दै वहाँको बृद्धअबस्थाका बुबाआमा खम्बा सिंह मगर र बुद्ध माया मगरले आफुहरु भोकै बसेर भए पनि छोराको उपचारको लागि सहयोग जुटाउन देशबिदेशमा रहनुभएका मनकारी सहयोगीदाता बुबाआमा, दाजुभाई, दिदिबहिनी र विभिन्न संघसंस्थाहरुलाई आह्वान गर्नुभएको छ ।

सहयोगीहरुले एभरेष्ट बैंक शाखा ललितपुर सातदोबाटोमा रहेको खाता नम्बर :- 05700501202361 मा जम्मा गरि सहयोग गरि बृर्खबहादुर मगरलाई बचाई दिन अनुरोध गर्दछ ।

बिस्तृत जानकारीको लागि :-
9813416737
9811925813
9807054946
9813953149
9828590255

सुमेरु अस्पताल काठमाडौ
01-4373452
01-4360876

कमेन्टहरु