देश

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा अतिरिक्त महानिरीक्षक ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

नवलपुर टुडे
२०८२ असार ४ | मध्यान्ह ०२:०३ बजे

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश ठाडा मगरलाई दर्ज्यानी  चिह्न प्रदान गरेका छन् । 

असार २ गते मन्त्रिपरिषद्को निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए । 

महानिरीक्षक अर्यालले बुधबार ठाडालाई एक कार्यक्रमका बिच दर्ज्यानी  चिह्न प्रदान गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

कमेन्टहरु