देश

शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

नवलपुर टुडे
२०८२ बैशाख २५ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाएका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम आज पनि जारी रह्यो । 

आजको बैठकमा प्रतिनिधिसभाको बर्खे अधिवेशन सुरु भएपछि आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका प्रश्नहरूका बारेमा गृहमन्त्री रमेश लेखकले जवाफ दिएका थिए ।

 

कमेन्टहरु