देश

गुल्मीको कालिगण्डकी गाउँपालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’

नवलपुर टुडे
२०८२ बैशाख १२ | मध्यान्ह ०७:०१ बजे

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरूलाई १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ ।

पालिका अध्यक्ष वेद बहादुर थापाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।पालिकाभित्रका सबै विद्यालयहरूलाई परिपत्र गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयको पठनपाठनमा समस्या परेको जनाए । उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा प्रकृया अगाडि बढाउन निर्देशन जारी गरेका हुन् ।

महासंघको आह्वानमा काठमाडौंमा चैत २० गतेदेखि सडक आन्दोलन हुदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलन गर्दैै आएका हुन् । शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् ।

491006561_1205162904382726_4720589444608046539_n

 

कमेन्टहरु