Opens in a new tab

देश

पर्साको तिलावे पुलमा नयाँ वर्षको अवसरमा राष्ट्रिय झण्डा, स्थानीय युवाहरूको पहिचानप्रेमको उत्कृष्ट उदाहरण

नवलपुर टुडे १
२०८२ बैशाख २ | बिहान ११:०१ बजे

पर्सा, तिलावे । नयाँ वर्ष २०८२ को अवसरमा पर्सा जिल्लाको तिलावे पुलमा नेपालको राष्ट्रिय झण्डा राखेर राष्ट्रिय एकता र पहिचानको सन्देश फैलाइएको छ। स्थानीयस्तरमा सकारात्मक भावना र देशप्रेम जागृत गराउने उद्देश्यले यो पहल गरिएको हो।

उक्त पहलमा वडा नं. १९ का मुकेस चोर्सिया, वडा नं. १९ का सदस्य बिनोद चौर्सिया, लोटन कुसवाहा, सामाजिक अभियन्ता राम प्रवेश चौर्सिया, केहुनिया चौकिका प्रहरी निरीक्षक सुजित साह लगायत दर्जनौं युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानिय नागरिकहरूले यो कार्यको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार, “देशको झण्डा लगाउनु भनेको गौरव बोक्नु हो। यसले हाम्रो राष्ट्रिय एकता र पहिचानप्रति गर्वको भावना बढाउँछ।”

तिलावे पुलमा झण्डा फहराउने यो कार्यले स्थानीय युवाहरूको देशप्रेम र सामाजिक सचेतनाको प्रतीक बनेको छ। नयाँ वर्षको प्रारम्भमै यस्तो सकारात्मक गतिविधिले समाजमा एकता, सहकार्य र राष्ट्रप्रेमको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

कमेन्टहरु