देश

मुख्यमन्त्रीमा निर्बाचित पोखरेल पहिलो पटक गृह जिल्ला नवलपुरमा, नवलपुरको बिकासमा प्रतिबद्धता

जगत ठाडा मगर
२०७८ साउन ३ | मध्यान्ह ०३:०४ बजे

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मुख्यमन्त्रीमा नियुक्तपछि पहिलो पटक गृह जिल्ला नवलपुर आउनुभएको छ । वहाँले मुख्यमन्त्री बनाउने योगदान गर्ने नवलपुरबासीलाई धन्यवाद तथा बधाई समेत दिनुभयो । नवलपुरबासीले नै निर्बाचनमा जिताएर मुख्यमन्त्री बनाउन गरेको योगदानको कदर गर्दै आफ्नो तर्फबाट नवलपुरबासीलाई सक्दो सहयोग गर्ने प्रतिबद्ध रहेको बताउनु भयो ।

नवलपुर कांग्रेसक प्रदेश क्षेत्रीय समिती क्षेत्र -१ क नवलपुरको आयोजनामा गैंडाकोट १३ मा भएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै वहाँले उक्त कुरा बताउनु भएको हो । कार्यक्रमको अबसरमा विभिन्न पार्टीका नेताकार्यकर्ता २८० जना कांग्रेसमा प्रबेश गरेको प्रदेश क्षेत्रीय समिति क्षेत्र नं . क का सभापति खेम प्रसाद सापकोटाले जानकारी दिएको छ ।

कार्यक्रमको अबसरमा पार्टीका जिल्ला सभापति प्रदेस सांसद बिष्णुप्रसाद लामिछाने, सांसद ओमकल गौतम, संविधान सभ सदस्य महेन्द्र ध्वज जिसि, जिल्ला कोषाध्यक्ष ओम प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीमा निर्बाचित भए पछि पहिलो पटक जिल्ला आउनुभएको पोखरेललाई भब्य स्वागत गरेका थिए ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिती नवलपुरले बधाई तथा शुभकामना सहित विभिन्न सात बुढे अनुरोध पत्र पेश गरेको थियो । जनमोर्चाका जिल्ल अध्यक्ष दिपक पाण्डेले कोभिड ब्यबस्थापन, बाढिपिडितलाई राहत, त्रिबेणी संगको सहज मार्ग लगायत बिषयमा सम्बोधन गर्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन ।

कमेन्टहरु